स्वास्थ्य तर्फको परिक्षामा किन बन्यो जैमिनी विवादित ? यस्ता छन् विषयवस्तु

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १३ साउन २०७९ ।

बागलुङकाे जैमिनी नगरपालिकाले साउन ३ गते लिएको स्वास्थ्य तर्फको परिक्षा प्रति नागरिकहरुले असन्तुष्टी व्यक्त गरेका छन् । उम्मेदवारहरुलाई परिक्षाबारे सूचना नगरिएको र मिति पनि फरक भएको भन्दै नागरिकहरुले असन्तुष्टी व्यक्त गरेका हुन् ।

गत चैत १ गते जैमिनी नगरपालिकाले अ.हे.व, अनमी, ल्याब असिस्टेन्ट र कार्यलय सहयोगीको विज्ञापन गरेको थियो । गत बैशाखमा नै परिक्षा लिने भनिएता पनि चुनावको समय आएकाले सोहि विज्ञापनको साउन ३ गते परिक्षा लिइएको जैमिनी नगरपालिका स्वास्थ्य शाखा संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो । विज्ञापनको नतिजा सार्वजनिक गर्दा विज्ञापन मिति फरक पर्न गएको तर परिक्षा अव्यवहारिक तरिकाले सञ्चालन नगरेको उहाँको भनाई छ ।

“परिक्षा आउनु ७ दिन अगाडि हामीले वेबसाइटमा परिक्षा हुने मिति बारे सूचना जारी गरेका थियौँ, उम्मेदवारहरुलाई सम्पर्क पनि गरिएको थियो” उहाँले जिल्लाखबर डटकमसँगको कुराकानीमा भन्नुभयो, “कतिपयलाई सम्पर्क गर्दा फोन नलागेको वा सम्पर्क नभएको हुनसक्छ तर आफूले दरखास्त दिएपछि उम्मेदवारहरुले पनि वेबसाइट हेर्ने वा सम्पर्कमा रहने गर्नुपर्छ ।”

नियम सँगत तरिकाले विज्ञ राखेर नै परिक्षा पारदर्शी र मर्यादित गरिएको भन्दै उहाँले मिति लेख्ने क्रममा त्रुटी भएकाले गुनासो आएको बताउनुभयो ।

जैमिनी नगरपालिकाले परिक्षाकाे लागि निकालेकाे सूचना

यसअघि जैमिनी नगरपालिकाले चैत १ गते करारमा कर्मचारी माग गर्दै सूचना प्रकाशन गरेको थियो तर नतिजा प्रकाशन गर्दा भने २०७८ साल असार २८ गतेको विज्ञापन अनुसार भनिएको छ । अ.हे.व, अनमी र ल्याब असिस्टेन्ट पदको एक पटक र कार्यलय सहयोगीको अर्को पटक गरी दुई वटा सूचना निकालेर नतिजा सार्वजनिक गरेको जैमिनी नगरपालिकाले दुई वटै सूचनामा विज्ञापनको मिति गलत लेखेकाे छ ।

नतिजा प्रकाशनकाे सूचना हेर्नुहाेस् 

यस्तै जैमिनी नगरपालिकाको वेबसाइटमा असार २८ गते साँझ ६ बजेर १६ मिनेटमा प्रकाशन भएको २०७९ साल साउन ३ गते परिक्षा हुने भन्ने सूचनाको मितिमा २०७८ साल असार २८ गते लेखिएको छ भने पत्र संख्या साे मितिमा हुने भन्दा पछिल्लाे आर्थिक बर्षको रहेको छ ।

जैमिनी नगरपालिकाले असार २८ गते वेबसाइटमा सूचना प्रकाशन गरेकाे स्कृनसट

यस विषयमा जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले परिक्षा नियमसंगत र पारदर्शी तरिकाले गरिएको तर मिति भने फरक भएको बताउनुभयो । कहिलेकाहीँ प्राविधिक त्रुटी हुने गरेको भएकाले यसलाई सोहि रुपमा लिन उहाँले आग्रह गर्नुभयो ।

नगरपालिकाले मिति लेख्दा त्रुटी गरेको भएपनि अहिलेसम्म भूलसूधार गरेर सार्वजनिक रुपमा विज्ञप्ति भने जारी गरेको छैन । नगरपालिकाले मिति नै फरक पारेर सूचना गर्दा आफूहरु अलमलमा परेको नागरिकहरुको गुनासो छ ।

जैमिनी नगरपालिकाले गरेकाे विज्ञापन ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो