दाङ, १७ साउन २०७९ ।
दाङको देउखुरीमा करेन्ट लागेर दम्पतीकाे ज्यान गएको छ । सोमवार बेलुकी देउखुरीको राप्ती गाउँपालिका २ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहा मगर र उहाँकी २५ वर्षीया श्रीमती हिमाकाे करेन्ट लागेर घटनास्थलमै ज्यान गएको हाे ।
घरभित्र भाउजुले कपडा सुकाउने क्रममा करेन्टको झड्काले फालेपछि के भएको हो भनी देउरानी हिमाले बिजुलीकाे तार छुँदा करेन्ट लागेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । करेन्ट लागेकी श्रीमतीलाई बचाउन श्रीमान् वासुले काँचो लठ्ठीले तारलाई हिर्काउँदा तार चुडिएर आफ्नै शरीरमा परेपछि करेन्ट लाग्दा दुवै जनाको ज्यान गएको राप्ती गाउँपालिकाका प्रवक्ता पहलवान चाैधरीले जानकारी दिनुभयो ।
घटना कसरी हुनपुग्याे भनेर अनुसन्धान भैरहेकाे छ । यस्ताखालका साना गल्तीले ठुलाे क्षति हुने भएकाले घर घरमा भएका विजुलिका तारहरू व्यवस्थित गर्न प्रहरीले आग्रह गरेकाे छ ।
प्रतिक्रिया दिनुहाेस्