करेन्ट लागेर २ जनाकाे ज्यान गयाे, सानाे गल्तीले ठुलाे घटना

याे सामग्री सेअर गर्नुहाेस्

दाङ, १७ साउन २०७९ ।

दाङको देउखुरीमा करेन्ट लागेर दम्पतीकाे ज्यान गएको छ । सोमवार बेलुकी देउखुरीको राप्ती गाउँपालिका २ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहा मगर र उहाँकी २५ वर्षीया श्रीमती हिमाकाे करेन्ट लागेर घटनास्थलमै ज्यान गएको हाे ।

घरभित्र भाउजुले कपडा सुकाउने क्रममा करेन्टको झड्काले फालेपछि के भएको हो भनी देउरानी हिमाले बिजुलीकाे तार छुँदा करेन्ट लागेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । करेन्ट लागेकी श्रीमतीलाई बचाउन श्रीमान् वासुले काँचो लठ्ठीले तारलाई हिर्काउँदा तार चुडिएर आफ्नै शरीरमा परेपछि करेन्ट लाग्दा दुवै जनाको ज्यान गएको राप्ती गाउँपालिकाका प्रवक्ता पहलवान चाैधरीले जानकारी दिनुभयो ।

घटना कसरी हुनपुग्याे भनेर अनुसन्धान भैरहेकाे छ । यस्ताखालका साना गल्तीले ठुलाे क्षति हुने भएकाले घर घरमा भएका विजुलिका तारहरू व्यवस्थित गर्न प्रहरीले आग्रह गरेकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो