जैमिनी ९ का वडाध्यक्षकाे अवैध सम्बन्धः एक युवती गर्भवती

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १५ साउन २०७९ ।

बागलुङको जैमिनी नगरपालिका वडा न.९का वडा अध्यक्ष सन्दिप थापा ‘ईन्द्र’ले अवैध सम्बन्धबाट एक युवतिलाई गर्भवति बनाएका छन् । जिल्लाको ताराखोला गाउँपालिकाकी एक २५ बर्षीय युवतिलाई ४३ बर्षीय थापाले गर्भवति बनाई बागलुङ बजारको एक घरमा राखेको श्रोतले बताएको छ ।

घरमा एक श्रीमति ३ छोरी र १ छोरा रहेका थापाले अबैध सम्बन्धबाट युवतिलाई गर्भवति बनाएपछि उनलाई बाहिर हिँडडुल गर्न समेत नदिने गरेको पारिवारिक श्रोतले बतायो ।

नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष जितेका थापाले आफु अविवाहित रहेको भनि ढाँटेर ति युवतिसँग शारीरिक सम्बन्ध गाँसेकोे परिवारको दाबी छ । पारिवारिक श्रोतका अनुसार युवतिलाई पटक–पटक गर्भपतन गराएको र तेस्रो पटक गर्भपतन गराउँदा स्वास्थ्यमा जटिल समस्या आउने बताए पछि त्यसो नगरिएको बताईएको छ ।

श्रोतका अनुसार अस्पतालले ति युवति सुत्केरी हुने समय भदौको पहिलो हप्तालाई तोकेको छ । यस विषयमा वडा अध्यक्ष थापाले घट्नालाई स्वीकार गरेका छन् ।

एक सम्वादमा उनले घट्नाको विषयमा ‘सेभ ल्याण्डिङ’ भईसकेको बताएको श्रोतले बतायो । दुवै पारिवारिक पक्ष बीच कुराकानी मिलिसकेको र आफुसँग रहेको श्रीमतिलाई डिभोर्स गरेर वा सम्पति दिएर भए पनि युवतिलाई विवाहको प्रमाण–पत्र उपलब्ध गराउने बताएको श्रोतले बतायो ।

यस विषयमा जैमिनी नगरपालिकाका उपमेयर तथा न्यायीक समितिका संयोजक हरिहर शर्माले पालिकामा कसैले निवेदन दिएमा छलफल चलाउने र स्पष्टिकरण सोध्ने बताए ।

‘उनी कार्यपालिका सदस्य हुन् त्यसैले उनलाई यस विषयमा स्पष्टिकरण सोध्छौँ’ उपमेयर शर्माले भने–‘त्यस बाहेक अन्य विषय (सम्बन्ध विच्छेद) लगायत भए त्यो हाम्रो क्षेत्राधिकारमा पर्दैन सम्बन्धित ठाउँमा जान भन्छौँ ।’

वडा अध्यक्ष थापा वडा मेलमिलाप समितिका संयोजक समेत हुन् । वडा मेलमिलाप समितिको संयोजकले नै अनैतिकि गतिविधि गर्दै हिँडेपछि वडाबासीले न्याय पाउने आशा मारेका छन् ।

नेपालमा कानुनतः लिभिङ टुगेदरलाई मान्यता दिईएको छैन भने यस्तो कार्यलाई अपराधको रुपमा हेरिन्छ । सार्वजनिक पद धारण गरेको व्यक्तिले यस्तो गम्भीर अनैतिक कार्य गर्नु अक्षम्म अपराध भएको महिला अधिकारकर्मीहरुको बुझाई छ ।

मुलुकी अपराध संहिता १७५ (४) अनुसार दुईवटा श्रीमति राख्न पाईदैन । दोस्रो बिबाह गर्नको लागि पनि पहिलो श्रीमतिसँग सम्बन्ध विच्छेद गरेको हुनु पर्ने उल्लेख छ ।
थापाको घरमा दोस्रो श्रीमति रहेकी छिन् भने उनको पहिलो र तेस्रो श्रीमतिसँग सम्बन्ध नरहेको बताईन्छ । थापा नेकपा एमाले बागलुङ जिल्ला कमिटि सदस्य समेत हुन् । इपरी न्युज डटकमबाट साभार 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो