Breaking News: जैमिनीमा पिकअप गाडी दुर्घटना, २ जनाको अवस्था गम्भीर

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १८ साउन २०७९ ।

बागलुङको जैमिनीमा पिकअप दुर्घटना भएको छ । ग १ च ७४४४ नम्बरको पिकअप गाडी बुधबार बिहान साँढे ९ बजेतिर जैमिनी नगरपालिका ९ पैयुँथन्थापको कँडेलथरमा दुर्घटना भएको हो ।

पिकअप दुर्घटनामा २ जना गम्भीर घाइते भएको र एकजना सामान्य घाइते भएको पैयुँबाट रविन्द्र पौडेलले जिल्लाखबर डटकमलाई जानकारी दिनुभयो । अन्य यात्रुहरुको अवस्था सामान्य रहेको छ ।
घाइते भएकामध्ये गणेश क्षेत्री र भवे नेपालीको अवस्था गम्भीर रहेको छ भने अर्का भिम बहादुर नेपालीको अवस्था सामान्य रहेको छ । घाइतेहरुलाई थप उपचारको लागि बागलुङ सरदमुकाम पठाउने तयारी भैरहेको पौडेलले बताउनुभयो ।

गाडी सडकबाट तल्लो पाटामा गएर अड्किएको थियो । दुर्घटनामा स्थानीय र जनप्रतिनिधिहरुले उद्धार गरिरहेका छन् । दुर्घटनाको थप विवरण भने आउन बाँकी छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो