के आज कक्षा १२ को नतिजा आउन लागेको हो ? यस्तो छ परिक्षा बोर्डको तयारी

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डाै, १४ भदाै २०७९ ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षाफल आज प्रकाशित गर्ने तयारी गरेको छ । बोर्डले गएको जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी गरेको हो ।

प्राविधिक कठिनाइ नभए आज बेलुकासम्म नतिजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको र अहिले नतिजाको अन्तिम रुजु गर्ने काम चलिरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । नतिजा सार्वजनिक गर्नुअघि दिउँसो तीन बजे बोर्ड बैठक बस्नेछ ।आज सम्भव नभएको खण्डमा भोलि प्रकाशन गरिने उहाँको भनाई छ ।

कक्षा १२ को परीक्षामा यसवर्ष झन्डै चार लाख विद्यार्थी सहभागी थिए । यो पटक ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ अनुसार नतिजा प्रकाशित गर्न लागेको छ । उक्त निर्देशिका अनुसार यसपालिको नतिजामा नन–ग्रेडिङ लागू हुनेछ । विद्यार्थीहरूले विगतमा जस्तै लेटर ग्रेडिङ अनुसारको परीक्षाफल प्राप्त गरे पनि नन–ग्रेडिङ समेत लागू हुनेछ । त्यस्तो भएमा विद्यार्थीले पुनः परीक्षा दिनुपर्नेछ । प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा कम अङ्क आएमा पुनः परीक्षा दिनुपर्ने बाेर्डले जनाएकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो