जैमिनीको हात्तिढुङ्गा मन्दिरको भोलि पर्यटन मन्त्रीबाट उद्घाटन हुने

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १४ भदौ २०७९ ।

जैमिनी नगरपालिका ९ को हात्तिढुङ्गा मन्दिरमा बनेको संरचनाको बुधबार उद्घाटन हुने भएको छ । बागलुङको जैमिनी नगरपालिका ९ पैयँथन्थाप लाम्सु दोभानमा रहेको शिद्धिविनायक गणेश मन्दिर (हात्तिढुङ्गा)मा बनेको मन्दिर सहितका संरचनाको उद्घाटन गर्न लागिएको हो ।

संरचनाको गण्डकी प्रदेशका उद्योग पर्यटन वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ । मन्दिर सहित वरपर सत्तल लगाएत संरचना निर्माण गरिएको छ ।

हात्तिढुङ्गाको नामले परिचित शिद्धिविनायक गणेश मन्दिरलाई जैमिनीको पर्यटकीय गन्तव्यको रुपमा लिइन्छ । अहिले यस स्थानलाई स्थानीय र प्रदेश सरकारले समेत सहयोग गर्न थालेको छ ।

गण्डकी प्रदेशको पर्यटन मन्त्रालयबाट १५ लाख रुपैयााको लागतमा संरचना निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष उमानन्द शर्माले जानकारी दिनुभयो । मन्दिर सहित र संरचना निर्माण भएपछि त्यहाँ आउने आन्तरिक तथा वाह्य पर्यटकहरुलाई थप सहज हुनेछ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो