बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (ख) का लागि नेपाली कांग्रेसको उम्मेदवार सिफारिस

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १७ भदौ २०७९ ।

नेपाली कांग्रेसले बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (ख) का लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस गरेको छ । बिहिबार र शुक्रबार कुश्मिसेरामा सम्पन्न उम्मेदवार छनोट भेलाबाट ६ जना प्रत्यक्ष र ७ जना समानुपातिक तर्फ उम्मेदवार छनोट गरिएको हो ।

प्रत्यक्ष तर्फ दल बहादुर श्रीस राना, सागर परियार, हरि प्रसाद आचार्य, ओमकार थापा, कमलराज सापकोटा र ईन्द्रराज पौडेल छनोट भएका छन् । छनोट भएका ६ जनामध्ये परियार बागलुङ नगरपालिकाका हुन् भने बाँकी सबै जैमिनी नगरपालिकाका उम्मेदवार रहेका छन् ।

यस्तै समानुपातिक तर्फ कल्पना पाठक(हमाल), शेर बहादुर विश्वकर्मा, सिताराम रसाइली, पदम बहादुर पुन, विष्णु बस्नेत खत्री, लक्ष्मण आचार्य र श्रीकृष्ण पौडेल सिफारिस भएको नेपाली कांग्रेस बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (ख) का क्षेत्रीय सभापति दल बहादुर श्रीस रानाले जानकारी दिनुभयो । सिफारिस भएकामध्ये खत्री बरेङ गाउँपाालिकाका हुन् भने पाठक बागलुङ नगरपालिकाका हुन् । खत्री र पाठक बाहेक बाँकी सबै जैमिनी नगरपालिकाका रहेका छन् ।

बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (ख) अन्तरगत बागलुङ नगरपालिकाको वडा नं १२,१३ र १४, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका पर्दछ ।

No photo description available.


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो