मूल्य घट्दा घटाउन अटेर गरेकाे निगमले इन्धनकाे मूल्य बढायो, यस्ताे छ मूल्यसूचि

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडाै, १७ भदाै २०७९ ।

मूल्य घट्दा घटाउन अटेर गरेकाे निगमले इन्धनकाे मूल्य बढाएकाे छ । इण्डियन आयल कर्पाेरेशनले इन्धनको मूल्य बढाएर बठाएकाे भन्दै नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको हाे ।

मूल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरिरहेको निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमा ६ रुपैयाँले बढाएकाे विज्ञप्ति मार्फत जानकारी गराएकाे छ । यसअघि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ७२ रुपैयाँ रहेकाेमा मूल्य बढेपछि लिटरको १७८ रुपैयाँ पुगेको छ ।

पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ । निगमले पटक पटक मूल्य बढाउँदा पनि अझै अरबाैँ घाटा रहेकाे दावी गरिरहेकाे छ ।

यस्ताे छ मूल्यसूचि


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो