जैमिनीले तोकेको सवारी भाडादर यस्तो छ, भाडादरको सूचि हेर्नुहोस्

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १४ असोज २०७९ ।

जैमिनी नगरपालिकाको भाडादर निर्धारण समन्वय समितिले यसअघि तोकिएको भाडादरमा समायोजन गरेको छ । यसअघि बागलुङको जैमिनी नगरपालिकाले भाडादर निर्धारण गरेकोमा व्यवहारिक नभएको गुनासो आएपछि समायोजन गरिएको हो ।

पक्की बाटोको प्रति किलोमिटर १० रुपैयाँ, कच्ची सडकको प्रति किलोमिटर १५ रुपैयाँ र करिडोरको लागि प्रति किलोमिटर १२ रुपैयाँ कायम गर्ने निर्णय गरिएको जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले जानकारी दिनुभयो ।

नगरपालिकाका सरोकारवालाहरुको बैठकले कुश्मिसेरा देखि बागलुङ बजारसम्मको पीकअप तथा जीपको भाडा २ सय ५० रुपैयाँ तोकिएको छ भने बसको भाडा २ सय रुपैयाँ तोकिएको छ । पीकअप जीपमा कुश्मिसेरा देखि छिस्तीको मर्नास पुग्न ४ सय ९५ रुपैयाँ, नाम्दुक पुग्न २ सय ५५ रुपैयाँ, डाँडाखानी पुग्न २ सय ४० रुपैयाँ भाडा तोकिएको नगरपालिकाले जनाएको छ ।

यस्तै कुश्मिसेरा देखि पैयुँ सहराते हुँदै व्यरथला पुग्नेहरुका लागि ३ सय रुपैयाँ, कुश्मिसेरा दमेक सुन्तालाचौर हुँदै गाजादह जानको लागि ३ सय ६०, बनहुँ हुँदै गाजादह जान ३ सय ९० कुश्मिसेरा देखि सुम्सा हुँदै धुस पुग्नको लागि २ सय ६४ रुपैयाँ भाडादर तोकिएको छ । भुनिया, ढाव हुँदै व्यार्थला सम्म पुग्नको लागि २ सय ७०, धुस रिठाबोट हुँदै व्यार्थला पुग्न २ सय ७०, न्वार बाँओ हुँदै व्यार्थला पुग्न १ सय ५० रुपैयाँ भाडादर निर्धारण गरिएको छ ।

देसाको चौर देखि ढाव हुँदै चोखेक पुग्न १ सय ५० रुपैयाँ, सुमसा देखि ओख्ले हुँदै कृषि सडक उपल्लो चोखेक पुग्न १ सय ५० रुपैयाँ, निरिङ्गे देखि हेल्थपोष्ट कुँडार हुँदै चोखेक विनामारे पुग्न १ सय ५० रुपैयाँ, कुश्मिसेरा देखि फेदी हुँदै रायडाँडा पुग्न २ सय २५ रुपैयाँ र फेदी देखि भण्डार हुँदै अमलाचौरको बाटो बागलुङ जानको लागि ३ सय ३० रुपैयाँ भाडादर निर्धारण गरिएको जैमिनी नगरपालिकाले जनाएको छ ।

यो भाडादर पीकअ र जीपको लागि भएको र बसको हकमा सो भाडादरमा केहि सस्तो निर्धारण भएको छ । तोकिएको भाडादर असोज १५ गतेदेखि लागु हुने नगर प्रमुख नर बहादुर पुनले बताउनुभयो । बैठकले नगरपालिकाले तोकेको भाडादर प्रत्येक सवारीमा टाँस गर्ने र बढी भाडा लिएमा कारवाही गर्ने निर्णय समेत गरेको छ ।

नगरपालिकामा चल्ने पीकअप जीपहरु नेपाल सरकारको यातयात व्यवस्था ऐन अन्तरगत कम्पनीमा दर्ता हुनुपर्ने भएपनि जैमिनीका कुनैपनि सवारी साधनहरु कम्पनी मार्फत चलेका छैनन् । कालो नम्बर प्लेट भाडाको प्रायोजन हुने भएपनि जैमिनीमा अधिकांश रातो प्लेटका गाडीहरु सञ्चालनमा रहेका छन् ।

जैमिनी नगरपालिकामा सञ्चालित यातयातका साधनहरु अनिवार्य नगरपालिकामा दर्ता गर्न अनुरोध गर्ने, व्यवसायिक प्रयोजनमा नआएका गाडीहरुलाई व्यवसायिक प्रयोजनमा आएर मात्र सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरिएको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरिले जानकारी दिनुभयो । साथै उहाँले अहिले तोकिएको भाडादर दशैँ सम्मका लागि मात्रै भएकाले यसपछि बाटोको स्तरोन्नती गरेपछि नयाँ भाडादर कायम हुने पनि बताउनुभयो ।

जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्माले बर्षाका कारण रोकिएका बाटोहरु भोलिदेखि नै सुचारु गर्नेगरी तयारी भैरहेको बताउनुभयो । मोटरबाटो स्तरोन्नति भएपछि मिनिबस पनि सञ्चालन गर्ने तयारी भैरहेको उहाँको भनाई छ । नयाँ निर्धारण भाडादर यहि असोज पन्ध्र गतेदेखि लागु गरिने समितिले जनाएको छ । त्यसको कार्यन्वयन गर्नका लागि नगर प्रहरी, ट्राफिक प्रहरी,जिल्ला प्रशासन कार्यलय बागलुङ, यातायात व्यवस्था कार्यलय बागलुङ र जनप्रतिनिधि लगायतलाई अनुगमनका लागि आग्रह गर्ने निर्णय गरेको छ ।

No photo description available.

बैठकमा कुश्मिसेरा ट्राफिक प्रहरी प्रमुख गोविन्द तिमल्सिना, कुश्मिसेरा प्रहरी चौकीका प्रमुख मिन बहादुर केसी, यातयात व्यवस्था कार्यलय बागलुङका प्रमुख पारसिंह थापा, जिल्ला प्रशासन कार्यलय बागलुङका प्रशासन प्रमुख सहित जनप्रतिनिधि पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

 

 

 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो