Breaking News: अर्जेवामा गाडीको ठककरबाट एक जनाको मृत्यु

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १२ पुस २०७९ ।

जैमिनीको अर्जेवामा गाडीको ठक्करबाट एक बृद्धको ज्यान गएको छ । बागलुङको जैमिनी नगरपालिका–६ अर्जेवामा पिकअपको ठक्करबाट ६० बर्षीय ठगबहादुर थापाको ज्यान गएको हो ।

बागलुङ बजारबाट आएको गाडी अर्जेवामा रोकिराखेको र पछि व्याक गर्दा थापालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्कर दिने ग १ ज ३६८४ नम्बरको पीकअप भ्यानका चालक गोविन्द बहादुर राना र सवारी प्रहरीको नियन्त्रणमा रहेको छ ।

मृतक थापा रक्सी खाएर बसेको अवस्थामा गाडी ब्याक गर्दा ठोक्किन पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यलय बागलुङले जनाएको छ । गाडीको ठक्करबाट घाइते भएका थापालाई धौलागिरी अस्पताल बागलुङ लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।

उनी प्रायजसो रक्सी खाएर बाटोमा डुल्ने गरेको र मंगलबार साँझ ७ बजेतिर ब्याक गर्ने क्रममा थापालाई नदेखेर ठक्कर दिन पुगेको चालक रानाले बताएका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो