उकालाे लाग्दै सुनकाे मूल्य, आज ७ सय रूपैयाँले बढ्याे

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डाै, ७ फागुन २०७९ ।

हप्ताको पहिलो दिन आज सुनको भाउ बढेको छ । शुक्रबारकाे काराेबारमा आज सुनकाे भाउ ७ सय रूपैयाँले बढेकाे हाे ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज सात सय रुपैयाँले बढेर तोलामा १ लाख ३ हजार २ सय रुपैयाँमा पुगेको छ ।

अस्ति सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ सय रुपैयाँमा झरेको थियो । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा चाँदी आज १५ रुपैयाँले बढेर १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

पछिल्लाे समय सुनकाे भाउ ताेलाकाे १ लाख भन्दा बढी मूल्य पर्न थालेकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो