Breaking News: जैमिनीमा एक बालिकाको विभत्स हत्या, हत्या आशंकामा बुबा पक्राउ

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १७ फागुन २०७९ ।

बागलुङको जैमिनीमा एक बालिकाको विभत्स हत्या भएको छ । जैमिनी नगरपालिका ४ सर्कुवा स्थित मौलाछमा करिव २ बर्षीय बालिकाको विभत्स हत्या भएको हो ।

ठेउले खोला पुल माथि एकान्तमा रहेको सानो घरमा बस्दै आएका एक पुरुषले वालिकाको हत्या गरेको हुनसक्ने आशंकामा प्रहरीले उनलाई पक्राउ गरेको छ । पक्राउ पर्ने बालिकाको बाबु रहेको जिल्ला प्रहरी कार्यलय बागलुङले जनाएको छ । उनकी आमा माइत गएको र त्यहि मौकामा उनले बालिकालाई हत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।

उनका बाबुलाई कुश्मिसेरा प्रहरी चौकीको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ भने घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यलय बागलुङबाट टोली आउँदै छ । बुधबार साँझ स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

याे पनि हेर्नुहाेस् । 

बालिका हत्या प्रकरणः शवको पोष्टमार्टम गर्न लगियो, घटनाबारे अनुसन्धान हुदै


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो