जैमिनीको छिस्तीमा पिकअप गाडी दुर्घटना, ठुलाे क्षति हुनबाट जोगियो

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १२ जेठ २०८० ।

छिस्तीको गाव केटीचौरमा पिकअप गाडी दुर्घटना भएको छ । बागलुङको जैमिनी नगरपालिका ८ छिस्तीको केटीचौरमा शुक्रबार साँझ पिकअप गाडी दुर्घटना भएको हो ।

स्थानीय नुर बहादुर पुनको ग १ ज ७४६१ नम्बरको गाडी रोकी राखेको अवस्थामा चिप्लिएर दुर्घटना भएको प्रहरी चौकी छिस्ती बेलबगरका प्रहरी प्रमुख रविन्द्र उपाध्यायले जानकारी दिनुभयो । गाडी करिव १ सय ५० मिटर तल भिरमा पुगेको उहाँको भनाई छ ।

दुर्घटनाबाट कुनै मानवीय क्षति भएको छैन । गाडी अप्ठ्यारो ठाउँमा पुगेकाले भोलि मात्रै निकाल्ने तयारी गरिएको छ । बागलुङ बजारबाट आएको गाडी रोकेर सामान झारिरहँदा साँझ ६ बजेतिर चिप्लिएको थियो । चालक योगेश पुर्जा गाडी बाहिर भएको बेला अचानक चिप्लिएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो