बागलुङ, १३ जेठ २०८० ।
जैमिनीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । यहि जेठ १५ गते बागलुङको जैमिनीमा विशेषज्ञ डाक्टरहरु सहितको निःशुल्क स्वास्थ्य शिविर गर्न लागिएको हो ।
जैमिनी नगरपालिकाको आयोजना र साहारा हस्पिटल पोखराको प्राविधिक सहयोगमा जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरामा स्वास्थ्य शिविर गर्न लागिएको जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो । कुश्मिसेरामा अवस्थित शान्ति माध्यामिक विद्यालयको प्राङ्गणमा बिहान साँढे ९ बजे देखि साँझ ४ बजेसम्म स्वास्थ्य शिविर सञ्चालन गरिने छ ।
यस पटकको स्वास्थ्य शिविर जैमिनी नगरपालिकाको वडा नं १, २, ४ र ५ लाई लक्षित गरेर गर्न लागिएको र अन्य वडाहरुमा पनि छिटै शिविर सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख आचार्यले बताउनुभयो । वडा तोकिएको भएपनि पायक पर्ने जुनसुकै वडाका नागरिकहरुले पनि शिविरबाट लाभ लिन सक्नेछन् । शिविरमा भिडियो एक्सरे, इसिजी सेवा सहित विविध विशेषज्ञ सेवा दिइने छ ।


प्रतिक्रिया दिनुहाेस्