काठमाडाैं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले बरु काेराेनाकाे ओखती फेला पर्ला तर नेकपा झगडाकाे ओखती नपाइने भाे भनी व्यंग्य गर्नुभएकाे छ ।
‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौंमा चाहीँ नपाइने भो जस्तो छ’, बाँस्कोटाले ट्विट गर्नुभएकाे छ ।
उहाँले बिहान मिलेको कुरा बेलुका भत्काइ दिने कन्ट्रोल कक्ष कहाँ रहेछ भनेर पनि प्रश्न गर्नुभएकाे छ ।
नेकपाको विवादका पछिल्ला गतिविधि हेर्दा २०५४ सालको झझल्को आउन थालेको पनि उहाँले उल्लेख गर्नुभएकाे छ ।

०५४काे झझल्को पाे आउन थाल्याे त नेकपामा।बरु काेरनाकाे ओखती फेला पर्ला नेकपा झगडाकाे ओखती कमसेकम काठमाडौंमा चै नपाइने भाे जस्ताे छ।बिहान मिलेकाे कुरा बेलुका भत्काइ दिने कन्ट्राेल कक्ष कहाँ रहेछ।
— Gokul Prasad Baskota (@GokulPBaskota) August 7, 2020

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।
प्रतिक्रिया दिनुहाेस्