पाँच दलीय गठबन्धन र यसको सकारात्मक पाटो- विचार

याे सामग्री सेअर गर्नुहाेस्

 

नेपालमा गठबन्धन हुनु र टुट्नु कुनै नौलो विषय होईन । ठूला साना दलहरु अघिपछि एक अर्कोलाई सत्तोसराप गर्छन् । चुनाव आयो कि मिलिहाल्छन् । नेपालका राजनीतिक दलहरुले लोकप्रियता कमाउनकै लागि एक अर्का दललाई गाली गर्छन् वा पूर्वाग्राही भएर गाली गर्छन्, यो आम सर्बसाधारणले ऐलेसम्म बुझ्न नसकेको विषय हो । त्यति हुँदाहुँदै पनि चुनाव आयो कि गठबन्धन गरिहाल्ने चलन पुरानै हो । कुन दलसँग मिलेर सत्तामा पुग्न सकिन्छ त्यहि दलसँग केन्द्रमा गठबन्धन हुन्छ, केन्द्रको निर्देशन तलसम्म कार्यान्वयन हुन्छ ।

अचम्मको विषय त के छ भने केन्द्रमा नेतृत्वको अर्को दलसँग कुनै विवाद भयो भने आम सर्वसाधरण पनि आफुले मान्ने भन्दा फरक दलको मान्छेसँग पानी बाराबार गर्छन् । केन्द्रमा मिल्नासाथ त्यहि दलको छिमेकी पुनः जिग्री हुन्छ । यस्तो परिवेशलाई हेर्दा यो सजिलै बुझ्न सकिन्छ कि मित्र र दुष्मन त केवल हेराईको समस्याको कारण मात्र रहेछ न कि कुनै अन्य कारण । भनिन्छ “रगतको नाताभन्दा भावनाको नाता ठूलो हुन्छ” त्यो भन्दा ठूलो नाता वर्गीय, राजनीतिक नाता हुदोरहेछ । त्यसको उदाहरण हामीले समाजमा सामाजिक संजालमा देख्न सक्छौ ।

विभिन्न दलसँग गरिएको गठबन्धनले चुनावलाई शान्त बनाउन केहि हदसम्म फाइदा पुग्ने जानकारहरु बताउछन् । गठबन्धनले एकातिर छरीएर रहेका भोटले साना दललाई सत्तामा पुग्न सजिलो हुन्छ भने अर्कोतिर कार्यकर्ताबिच हुने वैमनश्यता हटेर जान्छ ।

आफ्नो पार्टीको मान्छे हो भने ठिक, अर्को पार्टीको गलत । आफ्नो पार्टीको मान्छेले गलत गर्दा पनि राम्रो र अर्को पार्टीको मान्छेले राम्रो गर्दा पनि नराम्रो भन्दै बहस गरेको देख्न सकिन्छ । त्यसो त आफ्नो पार्टीको नेतृत्वलाई मान्नु नराम्रो विषय कदापि होईन । तर नेतृत्वलाई मानिरहदा आफ्नो नेतृत्वले गरेको गलत कामलाई पनि सहि मान्दै जाँदा भोलि गलत कार्य हावी हुँदै जाने र सहि कुरा पनि ओझेलमा पर्न सक्छन् यो हुनु राम्रो होईन ।

कुनै पार्टीका समर्थकहरु आफ्नो पार्टीको समर्थनमा यसरी लाग्छन् कि कुनै बेला मर्न र मार्न पनि तयार रहन्छन् । त्यहि कारण चुनाव आयो कि, के हुन्छ भन्ने त्रास आम सर्र्वसाधारणमा हुन्छ । नेपालमा राजनीतिलाई फोहोरी खेल र चुनावलाई विभिन्न टिका टिप्पणी गरेको पाईन्छ । विभिन्न दलसँग गरिएको गठबन्धनले चुनावलाई शान्त बनाउन केहि हदसम्म फाइदा पुग्ने जानकारहरु बताउछन् । गठबन्धनले एकातिर छरीएर रहेका भोटले साना दललाई सत्तामा पुग्न सजिलो हुन्छ भने अर्कोतिर कार्यकर्ताबिच हुने वैमनश्यता हटेर जान्छ । यसले चुनावलाई शान्त र मर्यादित बनाउन थप बल प्रदान गर्दछ । गठबन्धन गर्दा केहि बिचार धारणाहरु मिल्ने राजनीतिक पार्टीसँग चुनावी तालमेल गर्ने परिपाटी पुरानै चलन हो । बामपन्थी बिचार भएका पार्टीहरुबिच धेरैजसो चुनावहरुमा तालमेल हुने गर्दथ्यो ।

यो भन्दा पहिले २०७४ सालको स्थानीय चुनावमा पनि बामहरुको गठबन्धन थियो । गठबन्धनको बहुमत आएपछि बहुमतको सरकार गठन भयो । सो सरकार पाँच बर्ष टिक्न नसकेपछि फेरि कांग्रेस सहितको पाँच दलको गठबन्धन सहितको सरकार गठन भयो । त्यो सरकार हालसम्म कायम छ । सोहि सरकारको नेतृत्वमा चुनाव हुन लागेपछि गठबन्धनलाई कायम राख्ने भन्दै देशैभर पाँच दलीय गठबन्धनको चुनावी गठबन्धन रहेको छ । तर केहि स्थानीय नेता तथा कार्यकर्ताले गठबन्धन मान्न आफूहरु तयार नरहेको भन्दै कतै स्वतन्त्र त कतै बागी उम्मेदवारी दिएका छन् । केन्द्रका कारण गठबन्धन भैरहँदा देशैभर हरेक पार्टीमा असन्तुष्ट पक्ष जति छन् त्यो भन्दा बढी खुशी हुनेहरु छन् । चुनावमा विद्रोह हुने पार्टीहरुबिच चुनावी तालमेल भएपछि चुनाव शान्त रहने आंकलन गरिएको छ ।

यो चुनावमा त्यो समस्या नरहने भन्दै आफूहरु निकै नै खुशी रहेको त्यहाँका स्थानीयहरु बताउँछन् । स्थानीय मात्रै होइन नेता र कार्यकर्ता पनि ढुक्क छन् ।

कुनैबेला राष्ट्रिय जनमोर्चाको पकड जिल्ला मानिने बागलुङमा राष्ट्रिय जनमोर्चाको प्रतिद्वन्दी नेपाली कांग्रेस हो । दुबै पार्टीका नेता तथा कार्यकर्ता आफ्ना उम्मेदवारलाई जिताउन जोडबलले लागि रहन्थे । बागलुङ जिल्लाको बरेङ गाउँपालिका र जैमिनी नगरपालिका हाल पनि राष्ट्रिय जनमोर्चाको पकड क्षेत्रमा गनिन्छ । २०७४ सालको स्थानिय निर्वाचनमा बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चाले जितेको थियो भने जैमिनी नगरपालिकामा झिनो मतान्तरले नेपाली कांग्रेस सामु राष्ट्रिय जनमोर्चाले पराजय बेहोर्नु परेको थियो । कडा प्रतिस्पर्धी रहेका दुईदल यतिबेला गठबन्धन गर्दै एकै ठाउँमा भएका छन् ।

राष्ट्रिय जनमोर्चाले प्रमुख पदका लागि उम्मेदवार उठाएको छ भने नेपाली कांग्रेसले उप प्रमुख । मुख्य प्रतिद्वन्दी नै एकैठाउँमा मिलेर उठ्दा गठबन्धनले जित्ने धैरैले आंकलन गरेका छन् तर यो आंकलन के हुन्छ भन्ने स्थानीय चुनावको मतगणना पछि मात्र थाहा हुने कुरा हो । जैमिनीमा गठबन्धन बाहेक प्रमुख पदमा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली कांग्रेस (विपी) गरी तीन पार्टीको एक्लाएक्लै उम्मेदवारी परेको छ भने उप प्रमुख पदमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीकाे उम्मेदवारी परेकाे छ ।  जसमध्ये पाँच दलीय गठबन्धनको मुख्य प्रतिद्वन्दी नेकपा एमालेलाई मानिएको छ ।

जैमिनीका कतिपय यस्ता वडाहरु पनि छन् जहाँ मतदाता पनि ढुक्कसँग जान सक्दैनथे । यस भन्दा अगाडिका चुनावमा नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चा कडा प्रतिस्पर्धाका कारण चुनाव शान्त हुदैन कि भन्ने समेत डर हुन्थ्यो । जसमध्ये जैमिनी १० राङखानी पनि एक हो । यो चुनावमा त्यो समस्या नरहने भन्दै आफूहरु निकै नै खुशी रहेको त्यहाँका स्थानीयहरु बताउँछन् । स्थानीय मात्रै होइन नेता र कार्यकर्ता पनि ढुक्क छन् । त्यस्तै जैमिनी १ कुश्मिसेरा, जैमिनी ४ सर्कुवा, जैमिनी ७ जैदी, जैमिनी ५ बिनामारे लगायतका क्षेत्रका जनता विगतजस्तो असुरक्षित महसुस गर्न नपरेकोमा ढुक्क छन् ।

यहि कारण पनि जैमिनीमा आगामी ३० गते हुने स्थानिय तहको चुनाव शान्त, स्वतन्त्र, निष्पक्ष र धाधली रहित रहने विश्वास गरिएको छ । तिब्र मतभेद रहेका दलहरु नै मिलेर चुनावी मैदानमा जाँदा जनताहरुले थप सुरक्षाको अनुभूति गर्न पाएका छन् जुन सुखद् पक्ष हो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो