थप १९ जनामा कोरोना संक्रमण पुष्टिः ४९ जना निकाेभए, मृत्यु हुनेकाे संख्या शुन्यमा झर्याे

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौं, ३० चैत २०७८ ।

नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरीएकाे पीसीआर र एन्टिजेन परीक्षण गरीएका मध्ये थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । ३ हजार ३ सय ४९  जनाकाे पिसिआर  परीक्षण गर्दा १५ जनामा र १ हजार ३ सय ६६ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी कुल ४ हजार ७ सय १५ जनाकाे परीक्षण भएकाेमा १९ जनामा काेराेना संक्रमण पाेजेटिभ देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

स्स्थ्य तथा जनसंख्या मन्त्रालयकाे प्रेस ब्रिफिङमा बाेल्दै गत २४ घणटाकाे कुल संक्रमणदर शुन्य दशमलव चार प्रतिशत रहेकाे मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिनुभयाे ।

 

पछिल्लो २४ घण्टामा ४९ जना काेराेना संक्रमण निकाेभइ डिस्चार्ज भएका छन् । पछिल्लाे समय काेराेना संक्रमित निकाे हुने क्रम बढ्रदै गएकाे छ । हाल सम्म काेराेना संक्रमण निकाे हुनेदर ९८ दशमलव ७ प्रतिशत भन्दा धेरै छ ।

 

यस्तै गत २४ घण्टामा काेराेना संक्रमणका कारण कसैकाे पनि मृत्यु भएकाे छैन । मंगलवार जस्तै गत २४ घण्टामा पनि कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या शून्यमा झरेकाे हाे ।

 

यसैगरी, काठमाडौं उपत्यकाभित्र कुल ५ जनामा काेराेना पुष्टि भएको छ । जसमध्ये ललितपुरमा १ र काठमाडौंमा ४ जना रहेका मन्त्रालयले जनाएकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार