जैमिनीमा तीन पार्टीका आकांक्षी टुंगियोः प्रमुखमा एमालेको सर्वसम्मत, कांग्रेको ११ जना

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ३ बैशाख २०७९ ।

जैमिनीमा नेपाली काँग्रेस, नेकपा एमाले र माओवादीले नगर प्रमुख सहितका पदमा आकांक्षी टुंगो लगाएको छ । पार्टीको बैठकले आकांक्षीहरुको नाम मागेर सिफारिस हुनेको नाम टुंगो लगाएको हो ।

एमालेको तर्फबाट नगर प्रमुखमा पार्टीका प्रदेश कमिटि सचिवालय सदस्य लिला रानालाई सर्वसम्मत चयन गरिएको छ भने नगर उप प्रमुखमा यमुना देवि शर्माको नाम सिफारिस भएको छ । हाल जैमिनी नगरपालिकाका नगर उप प्रमुख समेत रहनुभएका राना अब प्रमुखको आकांक्षीमा हुनुहुन्छ ।

नेकपा एमालेले जैमिनीका केहि वडाहरुमा वडाध्यक्षको समेत टुंगो लगाएको छ । वडा नं २ मा नामदेव शर्मा, वडा नं ३ मा वर्तमान वडाध्यक्ष बेद बहादुर छन्त्याल, वडा नं ६ मा राजु थापा क्षेत्री, र वडा नं १० मा सुवेदार छविलाल श्रीसलाई वडाध्यक्षका लागि सिफारिस गरिएको प्रदेश कमिटि सचिवालय सदस्य लिला रानाले जानकारी दिनुभयो । बाँकी वडामा टुंगाे लाग्न बाँकी छ ।

यस्तै जैमिनीमा नगर प्रमुखका लागि नेपाली कांग्रेसबाट ११ जनाले आकांक्षा देखाएका छन् । पार्टीले ११ जना नगर प्रमुख र ५ जना उप प्रमुखको नाम प्राप्त गरेको बताएको छ ।

नगरप्रमुखका लागि नेपाली काँग्रेस बागलुङका जिल्ला सचिव तथा महाधिवेशन प्रतिनिधि हरिहर शर्मा, काँग्रेस गण्डकी प्रदेशका आमन्त्रीत सदस्य एवं महाधिवेशन प्रतिनिधि नवराज पौडेल, काँग्रेस बागलुङका पूर्व जिल्ला सचिव एवं महाधिवेशन प्रतिनिधि ओमकार थापा, महाधिवेशन प्रतिनिधि एवं निवर्तमान जिल्ला सह सचिव सिताराम रसाईली, गण्डकी प्रदेश आमन्त्रीत सदस्य कमलराज सापकोटा, क्षेत्र नं. २ प्रदेश (ख) का सभापति दलबहादुर श्रीस, पूर्व महाधिवेशन प्रतिनिधि हरिप्रसाद आचार्य, पूर्व क्षेत्रीय सभापति शिवलाल सापकोटा, निवर्तमान जैमिनी नगरसभापति काशिराम आचार्य क्षेत्रीय प्रतिनिधि मोहराज शर्मा र शेरबहादुर विकको नाम सिफारिस भएको नेपाली कांग्रेस जैमिनीले जनाएको छ ।

नगर उप प्रमुखका लागि महाधिवेशन प्रतिनिधि एवं नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष उमाकान्त पौडेल, महाधिवेशन प्रतिनिधि भगवती सापकोटा, प्रदेश महाधिवेशन प्रतिनिधि उषा पौडेल, क्षेत्रीय प्रतिनिधि लक्ष्मण आचार्य र कौशिला विकले उम्मेदवारी दाबी गरेको नेपाली काँग्रेस जैमिनी नगरपालिकाका नगर सभापति प्रेम प्रसाद सापकोटाले जानकारी दिनुभयो । लक्ष्मण आचार्य अघिल्लो निर्वाचनमा जिल्ला समन्वय समितिको प्रमुखमा पराजयी हुनुभएको थियो भने कौशिला विक जैमिनी नगरपालिकाकै नगर उप प्रमुखमा पराजित हुनुभएको थियो ।

यस अघि वर्तमान नगरप्रमुख इन्द्रराज पौडेलको समेत चर्चा चलेपनि उहाँले दावी गर्नुभएको छैन । नेपाली कांग्रेसले एक पटक आकांक्षीहरुसँग अझै छलफल गरेर मिलाउने तयारी गरेको बताइएको छ । आकांक्षीहरुले दावी नछोडे सोहि विवरण सिफारिस हुनेछ ।

यस्तै नेकपा माओवादी केन्द्रले पनि नगर प्रमुखको आकांक्षी टुंगो लगाएको छ । माओवादी केन्द्रबाट जैमिनी नगरपालिकाको नगर प्रमुखका लागि प्रदेस सदस्य एवं जैमिनि नगर इन्चार्ज लाल बहादुर परियार, नगर अध्यक्ष झमन पाण्डे र नगर कोषाध्यक्ष निर्मला के.सीले दावी पेश गर्नुभएको माओवादी केन्द्र जैमिनी नगर कमिटिले जनाएको छ । तीन जनाको दावी पेश भएकाले तीनै जनाको नाम सिफारिस हुने बताइएको छ ।

यता जैमिनीमा राम्रै मत रहेको राष्ट्रिय जनमोर्चाको भने टुंगो लागिसकेको छैन । सबै प्रक्रिया केन्द्रबाट नै हुने र गठबन्धनको समेत चर्चा भैरहेको अवस्थामा उम्मेदवार छान्ने र आकांक्षा व्यक्त गर्ने काम नभएको बताइएको छ ।

जैमिनीमा अन्य दलहरुले भने पदाधिकारीहरुको टुंगो लगाएका छैनन् ।
उम्मेदवारको टुंगो लगाएका र सिफारिस भएका पार्टीहरुको पनि गठबन्धन हुँदा भने के गर्ने भन्ने अलमल रहेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो