बालिका हत्या प्रकरणः शवको पोष्टमार्टम गर्न लगियो, घटनाबारे अनुसन्धान हुदै

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १८ फागुन २०७९ ।

बागलुङको जैमिनीमा एक बालिकाको विभत्स हत्या भएको छ । जैमिनी नगरपालिका ४ सर्कुवा स्थित मौलाछमा करिव २० महिनाको बालिका अर्सा खातुनको विभत्स हत्या भएको हो ।

ठेउले खोला पुल माथि एकान्तमा रहेको सानो घरमा बस्दै आएका २५ बर्षीय सायर दिन मियाले वालिकाको हत्या गरेको हुनसक्ने आशंकामा प्रहरीले उनलाई पक्राउ गरेको छ । पक्राउ पर्ने बालिकाको बाबु रहेको जिल्ला प्रहरी कार्यलय बागलुङले जनाएको छ । उनकी आमा नभएको र हजुआमाहरु पनि अन्यत्र गएको मौका छोपी उनले बालिकालाई हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । बुधबार साँझ स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यस लगतै उनका बाबुलाई कुश्मिसेरा प्रहरी चौकीको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

बुधबार राति जिल्ला प्रहरी कार्यलय बागलुङको टोलीले शवको घटनास्थलमा मुचुल्का गरी पोष्टमार्टमको लागि बागलुङ लगेको छ भने आरोपित मियालाई पनि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यलय बागलुङ लगिएको छ ।

उनले अन्य समयमा पनि अत्याधिक मादकपदार्थ सेवन गर्ने गरेकोले स्थानीय मादक पदार्थ सेवन गरेर हत्या गरेको हुनसक्ने आशंका गरेका छन् । यसबारेमा पनि उनले मादक पदार्थ सेवन गरे नगरेको परिक्षण गरेर थप अनुसन्धान थालिने प्रहरीले जनाएको छ । उनीहरु अन्यत्रबाट आएर केहि समयदेखि अर्कैको घरमा बस्दै आएका थिए ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो