श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ, थप अनुसन्धान चल्दै

याे सामग्री सेअर गर्नुहाेस्

अछाम, ३० कात्तिक २०८० ।

अछाममा श्रीमतीको हत्याको गरेको अभियोग श्रीमान प्रकाउ परेका छन् । अछाम जिल्लाको मंगलसेन नगरपालिका–३ लाछिमानाकी ४० वर्षिया उर्मिला बिष्ट भण्डारीको हत्या गरेको अभियोगमा उनका श्रीमान शेरबहादुर भण्डारी प्रकाउ परेका हुन् ।

घटनाको प्रकृति हेर्दा कुटपिट भएको टाउको र शरीरमा चोटपटक लागेको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक (डीएसपी) सन्तोष पाठकले बताउनभयो ।

मृतकका श्रीमान शेरबहादुर भण्डारीले मदिरा सेवन गरी हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार