करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १ मंसिर २०८० ।

भुइँमा लत्रिएको बिजुलीको चार कुल्चिँदा बागलुङमा एक जनाको ज्यान गएकाे छ । करेन्ट लागेर बागलुङकाे निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भाजवीर नेपालीको ज्यान गएको हो ।

गाउँबाट ढुवाखोर बजारतर्फ जाने क्रममा निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको भुइँमा लत्रिएको तार कुल्चिँदा विकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्ष मदन केसीले जानकारी दिनुभयो ।

शुक्रबार करेन्ट लागेर उहाँकाे घटनास्थलमै ज्यान गएकाे थियाे । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार