डोजरको ठक्करबाट एक जनाकाे मृत्यु, डाेजर चालक प्रहरीकाे नियन्त्रणमा

याे सामग्री सेअर गर्नुहाेस्

गुल्मी, २ कात्तिक २०८० ।

गुल्मीमा डोजरको ठक्करबाट वृद्धको ज्यान गएको छ । लु १ क ५०२४ नम्बरको डोजरले पैदल यात्रु गुल्मीको रेसुङ्गा नगरपालिका १४ का ९२ वर्षीय कृष्ण बहादुर सुनार ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएकाे हाे ।

रेसुङ्गा नगरपालिका १४ अन्तर्गत टारनेटा‐टापु जोड्ने मोटरबाटो मर्मत गर्ने क्रममा डोजरको ठक्करबाट सुनारको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिनुभयाे। प्रहरीले डोजर चालक पाल्पा माथागगडी गाउँपालिका ७ का कृष्ण बहादुर लामिछानेलाई नियन्त्रणमा लिएको छ ।

सुनारको शवलाई सदरमुकाम तम्घास ल्याइ गुल्मी अस्पतालको शव गृहमा राखिएको छ भने घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । पैदल यात्रा गरिरहेका सुनारलाई अचानक बाटाे खनिरहेकाे डाेजरले ठक्कर दिएकाे थियाे ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो