मोटरसाइकललाई ठक्कर दिएर भागेकाे गाडी दुर्घटना, १ जनाकाे ज्यान गयाे

याे सामग्री सेअर गर्नुहाेस्

काभ्रेपलाञ्चोक, १ कात्तिक २०८० ।

मोटरसाइकललाई ठक्कर दिइ भागेकाे गाडी दुर्घटना, १ जनाकाे ज्यान गएकाे छ । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ सुन्दरबस्तीमा आज बिहान गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको हाे ।

काठमाडाैंबाट इलामतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०२९८ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिइ भाग्ने क्रममा सडक कुनाको नालीमा खसेर दुर्घटना भएको थियाे । दुर्घटनामा रामेछापको मन्थली नगरपालिका–१२ बस्ने अन्दाजी २० वर्षकी रमिला बुढाथोकीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गम्भीर घाइते भएकी बुढाथोकीको उपचारको क्रममा धुलिखेल अस्पतालमा मुत्यु भएको हो ।

दुर्घटनामा गाडीमा सवार आठ जना घाइते भएका छन् । अहिले उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइते भएका सबैको अवस्था सामान्य रहेकाे अस्पतालले जनाएकाे छ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो