दशैँकाे मुखमा दुःखद् खबरः यात्रु बाेकेकाे जीप दुर्घटना हुँदा ६ जनाकाे ज्यान गयाे

याे सामग्री सेअर गर्नुहाेस्

पाल्पा, ५ कात्तिक २०८० ।

पाल्पाको रानीमहल दरबारनजिक जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।  आइतबार दिउँसाे पर्यटकीयस्थल रानीघाट दरबार नजिकै बैकुण्ठे भीरबाट बाग्मती प्रदेशको ७२०९ नम्बरको जीप खोलामा खस्दा ६ जनाको घटनास्थलमै ज्यान गएको हाे ।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये तीन महिला, दुई बालक र एक पुरुष रहेका छन् ।  ज्यान गुमाउनेकाे परिचय भने नखुलेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख हेरम्व शर्माले जानकारी दिनुभयो । नवलपरासी बर्दघाट सुस्ता पूर्व(नवलपुर) का जीप चालक गम्भीर घाइते भएका छन् ।

अहिले घटनास्थलमा अस्थायी प्रहरी चौकी रानीघाट र जिल्ला सदरमूकामबाट गएको जनपथ प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । घटनास्थलमा पुग्न ठूलो भीर र पहाड भएकाले उद्धारमा कठिनाइ भइरहेको स्थानीयले बताएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो