धादिङमा पटक-पटक भुकम्प, १२ वटा घरमा क्षति

याे सामग्री सेअर गर्नुहाेस्

धादिङ, ५ कात्तिक २०८० ।

धादिङ केन्द्रबिन्दु भएर पटक-पटक भुकम्प गएकाे छ ।आइतबार धादिङको ज्वालामुखी गाउँपालिका–५ खरी दर्बुङघाट केन्द्रबिन्दु भएर ४ पटक भुकम्प गएकाे हाे ।

सुरूमा बिहान ७ बजेर ३९ मिनेटमा ६ दशमलव १ रेक्टर स्केलकाे भुकम्प गएकाे थियाे । त्यसपछि लगातार ३ पटक ४ रेक्टर स्केल भन्दा माथिका पराकम्प गएकाे राष्टिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ । बिहान ८ बजेर ८ मिनेटमा ४ दशमलव २, ८ बजेर २८ मिनेटमा ४ दशमलव ३ र ८ बजेर ५९ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलकाे भुकम्प गएकाे केन्द्रकाे तथ्याङ्क रहेकाे छ ।

भूकम्पका कारण भएको क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रशासन कार्यलय धादिङले जनाएकाे छ । ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैका अनुसार भूकम्पका कारण दुई वटा घरमा पूर्ण क्षति पुगेको छ भने १० वटा घरमा आंशिक क्षति भएको छ । उहाँका अनुसार भूकम्पपछि वडा नम्बर ५ को एक ठाउँमा ठूलो पहिरोसमेत गएको छ । भूकम्प गएपछि बिहान त्यस क्षेत्रमा केहीबेर विद्युत् आपूर्ति बन्द भएको थियो । भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई घर बाहिरै सुरक्षित बस्न भनिएको छ ।

बिहान भूकम्प गएपछि धादिङका धेरै ठाउँका बासिन्दा घर बाहिर निस्किएका थिए । भूकम्पको धक्का काठमाण्डौ उपत्यका आसपासका क्षेत्रमा समेत महसुस भएको थियो । राष्टिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डाक्टर लोकविजय अधिकारीले भूकम्पपछि लगातारजसो परकम्प आइरहेकाले सचेत हुन आग्रह गर्नुभएको छ ।

 यसअघि गएको असोज महिना बझाङ केन्द्रबिन्दु बनाएर पटक पटक भूकम्प गएको थियो । असोज १६ गते  ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएपछि बझाङमा पनि  लगातारजसो साना र मध्यम भूकम्प तथा परकम्प गइरहेको छ । बझाङमा हिजाे साँझ ६ बजेर ५५ मिनेटमा पनि ४ दशमलव ४ रेक्टर स्केलकाे भुकम्प गएकाे थियाे ।  नेपाल भूकम्पको उच्च जोखिमयुक्त क्षेत्र रहेकाले जुनसुकै बेला पनि ठूलो भूकम्पको जोखिममा रहेको विज्ञले बताउँदै आएका छन् ।

 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो