हिमालयन बोर्डिङ कुश्मिसेराको बार्षिकोत्सव सुरु, मुख्य दिन प्याब्सन अध्यक्षले उद्घाटन गर्ने

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ७ फागुन २०७९ ।

हिमालयन आवासीय माध्यामिक विद्यालय कुश्मिसेराको बार्षिकोत्सव सुरु भएको छ । बागलुङको जैमिनी नगरपालिका १ कुश्मिसेरामा अवस्थित विद्यालयको ३१ औं बार्षिकोत्सव आइतबारबाट सुरु भएको हो ।

विभिन्न कार्यक्रम गरी ३ दिनसम्म मनाइने बार्षिकोत्सवको अवसरमा आइतबार विद्यालय स्तरीय विविध प्रतियोगितात्मक कार्यक्रम भएको विद्यालयका प्रिन्सिपल शिवलाल शर्माले जानकारी दिनुभयो । प्रि प्राइमरी तर्फ चकलेट दौड र बेलुन फुटाउने प्रतियोगिता सम्पन्न भएको छ । यस्तै कक्षा १ देखि ५ सम्मको हिसाब दौड र थाल गिलास दौड प्रतियोगिता पनि आइतबार नै सम्पन्न भएको उहाँको भनाई छ ।

कक्षागत एकल नृत्य, र कक्षा ६ देखि कक्षा १० सम्मको सदनात्मक बोरा दौड प्रतियोगिता, भलिवल प्रतियोगिता र रस्साकस्सी प्रतियागिता सम्पन्न गरेको विद्यालयले सोमबार जैमिनी नगरपालिका स्तरीय प्रतियोगिताहरु सञ्चालन गर्ने छ ।

सोमबार जैमिनी नगरपालिकाका विद्यालयहरुविच (कक्षा ६ देखि ८ सम्म) को हाजिरी जवाफ प्रतियोगिता, नगरभरका कक्षा ४ र ५ का विद्यार्थीहरुविच हिसा दौड प्रतियोगिता र नगर स्तरीय कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुविच गुच्चा चम्चा दौड प्रतियोगिता हुने छ भने सोमबार नै विद्यालय परिवार तथा अभिभावकहरुविच मैत्रीपूर्ण भलिवल प्रतियोगिता हुने छ ।

फागुन ९ गते मुल समारोहका दिन निजी तथा आवाशीय विद्यालयहरुको छाता संगठन प्याब्सनका बागलुङका जिल्ला अध्यक्ष दल बहादुर थापाले उद्घाट गर्ने विद्यालयले जनाएको छ । सोहि दिन अभिभावक तर्फ तातो आलु प्रतियोगिता र घैटोफोर प्रतियोगिता पनि रहने छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो