हिमालयन बोर्डिङ कुश्मिसेराको बार्षिकोत्सवमा विविध कार्यक्रम सम्पन्न, भाेलि मुल समाराेह

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ८ फागुन २०७९ ।

कुश्मिसेरामा अवस्थित हिमालयन आवासीय माध्यामिक विद्यालयको बार्षिकोत्सको दोस्रो दिन विविध कार्यक्रम भएका छन् । बागलुङको जैमिनी नगरपालिका १ कुश्मिसेरामा अवस्थित विद्यालयको ३१ औं बार्षिकोत्सवको अवसरमा सोमबार विविध कार्यक्रमहरु सञ्चालन भएका हुन् ।

भोलि मंगलबार मुल समारोह गरी समापन गरिने बार्षिकोत्सवको अवसरमा आज सोमबार जैमिनी नगरपालिकाका विद्यालयहरुविच (कक्षा ६ देखि ८ सम्म) को हाजिरी जवाफ प्रतियोगिता, नगरभरका कक्षा ४ र ५ का विद्यार्थीहरुविच हिसाब दौड प्रतियोगिता र नगर स्तरीय कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुविच गुच्चा चम्चा दौड प्रतियोगिता भएको छ भने सोमबार नै विद्यालय परिवार तथा अभिभावकहरुविच मैत्रीपूर्ण भलिवल प्रतियोगिता समेत सञ्ञ्चालन भएको विद्यालयका प्रिन्सिपल शिवलाल शर्माले जानकारी दिनुभयो ।

सोमबार सञ्चालित प्रा.वि स्तरीय चम्चा गुच्चा दौड प्रतियोगितामा शान्ति मा.वि कुश्मिसेराकी अनुश्का क्षेत्री प्रथम, कुश्मी प्रा.वि. टिमुरखोलाकी सजिना शाही द्वित्तीय र जनचेतना प्रा.वि सिरुबारीकी प्रज्ञा चापागाईँ तृतीय भएका छन् । प्रा.वि स्तरीय हिसाब दौड प्रतियोगितामा हिमालयन आवासीय मा.वि कुश्मिसेराका समृद्धि पौडेल प्रथम, जनता मा.वि सर्कुवाका सुदर्शन चालिसे द्वित्तीय र जनचेतना प्रा.वि सिरुबारीकी लक्ष्मी राना तृतीय भएका छन् ।

यस्तै कक्षा ६ देखि ८ सम्मको आधारभूत तह स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सुन्तालाचौर मा.वि दमेकको समूह प्रथम, हिमालयन आवासीय मा.वि कुश्मिसेराको बी समूह द्वित्तीय र जनप्रिय मा.वि दमेकको समूह तृतीय भएका छन् । सोमबार नै भएको विद्यालयका शिक्षक विद्यार्थी र अभिभावक विच भएको मैत्रीपूर्ण भलिवल खेल अभिभावकको समूहले जितेको विद्यालयले जनाएको छ ।

विभिन्न कार्यक्रम गरी ३ दिन सम्म मनाइने बार्षिकोत्सवको अवसरमा हिजो आइतबार विद्यालय स्तरीय विविध प्रतियोगितात्मक कार्यक्रम भएको थियो । प्रि प्राइमरी तर्फ चकलेट दौड र बेलुन फुटाउने प्रतियोगिता, कक्षा १ देखि ५ सम्मको हिसाब दौड, थाल गिलास दौड प्रतियोगिता, कक्षागत एकल नृत्य, र कक्षा ६ देखि कक्षा १० सम्मको सदनात्मक बोरा दौड प्रतियोगिता, भलिवल प्रतियोगिता र रस्साकस्सी प्रतियागिता आइतबार नै सम्पन्न भएको प्रिन्सिपल शर्माले बताउनुभयो ।

भोलि मंगलबार मुल समारोहका दिन निजी तथा आवाशीय विद्यालयहरुको छाता संगठन प्याब्सनका बागलुङका जिल्ला अध्यक्ष दल बहादुर थापाले उद्घाट गर्ने विद्यालयले जनाएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार