सुन्तलाचौर मा.वि मा बाल समूह गठन, अध्यक्षमा कक्षा १२ की छात्रा सापकोटा चयन

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १४ भदौ २०८० ।

बागलुङको सुन्तलाचौर माध्यामिक विद्यालय दमेकमा बाल समूह गठन गरिएको छ । जैमिनी नगरपालिका २ दमेकमा अवस्थित उक्त विद्यालयमा “सुन्तलाचौर मा. बि. बाल समूह” गठन गरिएको हो ।

“बाल बचाउ, बाल संरक्षण, बाल बिकास र बाल सहभागीता, आजबाट नै बालमैत्री समाज निर्माण गर्ने हाम्रो प्रतिबद्धता” भन्ने नारा सहित बुधबार कक्षा १२ की विद्यार्थी सृष्टि सापकोटाको अध्यक्षतामा २५ सदस्यीय बाल समूह गठन गरिएको विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद सापकोटाले जानकारी दिनुभयो । समितिको उपाध्यक्षमा इच्छा परियार, सचिवमा महिमा सापकोटा, सह सचिवमा सालिकराम सापकोटा र कोषाध्यक्षमा विवेक सापकोटा चयन हुनुभएको छ ।

कक्षा ४ देखि १२ सम्मका १८ बर्ष मुनिका बालबालिकाहरुको सकृयतामा बाल समुह गठन गरिएको विद्यालयले जनाएको छ । बालसमूह गठन गर्नुको उदेश्य, समूहको काम कर्तव्य र अधिकारको बारेमा प्रधानाध्यापक विष्णु प्रसाद सापकोटाले सहजिकरण गर्नुभएको थियो । समूह गठन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अधयक्ष लक्ष्मी प्रसाद सापकोटा सहित विद्यालयका शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो