भोलि देशभरका विद्यालयहरुमा ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्नुपर्ने, कारण यस्तो छ

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौ, १० पुस २०८० ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भोलि बुधबार देशभरका सामुदायिक विद्यालयमा ज्येष्ठ नागरिकका विषयमा पढाउन निर्देशन दिएको छ । मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पत्राचार गर्दै बुधबारको सामाजिक अध्ययन विषयको एक पिरियडमा ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बुधबार ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न अनुरोध गरेको भन्दै शिक्षा मन्त्रालयकी शाखा अधिकृत उषा लामिछानेले सामाजिक अध्ययन विषय पढाइ हुने समयमा ज्येष्ठ नागरिकका विषयमा पढाउन भन्दै पत्राचार गर्नुभएको छ ।

बुधबार ‘ज्येष्ठ नागरिकको सम्मान, हाम्रो सभ्यताको पहिचान’ नारा सहित देशभर राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ ।

जिल्लाखबर डटकमलाई प्राप्त जानकारी अनुसार सोही अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी महिला विकास अधिकृत सन्ध्याकुमारी यादवले ज्येष्ठ नागरिकका विषयमा अध्यापन गराइदिन अनुरोध गर्दै शिक्षा मन्त्रालयलाई पत्र पठाउनुभएको थियो । पत्र प्राप्त भएपछि मन्त्रालयले विद्यालयहरुमा एकदिन ज्येष्ठ नागरिकको विषयमा अध्यापन गराउन आग्रह गरेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार