कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षबाटै पक्राउ, १ कराेड भन्दा बढि घुस लिएकाे आरोप

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डाै, ११ पुस २०८० ।

पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । एक करोड १५ लाख रुपैयाँ घुस लिएको आरोपमा बुधबार उनी कार्यस्थलबाट नै पक्राउ परेका हुन् ।

सहकारी रजिस्ट्रारकाे कार्यालय गण्डकीको प्रमुख हुँदा एक करोड १५ लाख रुपैयाँ घुस लिएको आरोप लागेपछि पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीको पत्राचारका आधारमा उनलाई आज बुधवार कार्यकक्षबाटै पक्राउ गरेको र अब पोखरा पठाउने तयारी भएको पर्वतका निमित्त प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) अर्जुन पौडेलले जानकारी दिनुभयो ।

मित्रमिलन बचत तथा ऋण सहकारीमा बचत गरेको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका अध्यक्ष रमण पौडेल र व्यवस्थापक किरण अधिकारीले सहकारीको कार्यक्षेत्र विस्तार गर्दा रजिस्ट्रार पराजुलीलाई एक करोड १५ लाख रुपैयाँ घुस दिएको बताएका थिए । उनीहरू दुवै जना २६ करोड रुपैयाँ अपचलन गरेकाे आरोपमा पक्राउ परेका हुन् । अधिकारी र पौडेलको बयानका आधारमा प्रशासकीय अधिकृत पराजुलीलाई पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । साेहि अनुसार उनलाई कार्यकक्षबाटै पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

खोलाले जिप बगाउँदा २ जनाको मृत्यु, अन्यकाे अवस्था अज्ञात

आजबाट पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो, यस्ताे छ दररेट