काठमाडाैंमा साउन १० गते सम्म निषेधाज्ञा,कस्ता सेवा सञ्चालन गर्न पाइन्छ ? बिस्तृतमा

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडाैं, ३१ असार २०७८ । 

काठमाडाैंमा साउन १० गते सम्म निषेधाज्ञा लागु हुने भएकाे छ ।

थप गरीएकाे मिति सकिँदै गरेकाे अवस्थामा उपत्यकामा लगाइएकाे निषेधाज्ञा शुक्रबार देखि लागु हुनेगरी पुनः १० दिन थपिएको हाे । काठमाडाैं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यकाको निषेधाज्ञा आउँदो साउन १० गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको छ ।

 

जिल्ला प्रशासन कार्यालयले जारी गरेको निर्देशनअनुसार औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरू जुनसुकै समयमा पनि सञ्चालन गर्न पाइनेछ । त्यसबाहेकका अरू पसल बेलुका ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ । रेस्टुरेन्ट तथा खाजा घरहरूले टेक अवे र होम डेलिभरी सेवा मात्रै सञ्चालन गर्न पाउने बताइएकाे छ ।

 

काठमाडाैं उपत्यकाबाट बाहिरिने र भित्रिने लामो दुरीका सवारी साधान चलाउन नपाइने तर अत्यावश्यक काम विशेषले उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनलाई चल्न दिने प्रशासनले जनाएको छ । काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधनले स्वीकृत सिट क्षमताभन्दा बढी नहुने गरी सञ्चालन गर्न पाउने व्यवस्था यसअघिनै गरीएकाे हुनाले साे व्यवस्था यथावत् छ ।

 

निर्माण सामग्रीकाे ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ । चलचित्र हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, दर्शकसहितका खेलकुद, नित्य पूजाबाहेक मन्दिर तथा शैक्षिक संस्थामा भौतिक उपस्थितिलाई अझैपनि निषेध गरिएको छ । एउटा कोठामा २५ जनासम्म राखेर परीक्षा सञ्चालन गर्न पाइनेछ व्यवस्था गरीएकाे छ ।

बिस्तृतमा हेर्न यहाँ थिच्नुहाेस्


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो