लगातारको वर्षापछि आएको बाढीले डुबानः जनजीवन प्रभावित, ७० जनाको ज्यान गयाे

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडाैं, १ साउन २०७८ । 

लगातारको वर्षापछि आएको बाढीले डुबान हुँदा युराेपमा जनजिवन प्रभावित बनेकाे छ ।

बाढीले युरोपेली देश जर्मनी र बेल्जियमको जनजीवन  प्रभावित भएको हाे । बाढीका कारण करीव ७० जनाको ज्यान गैसकेकाे छ । ज्यान गुमाउनेमा धेरैजसो जर्मनीका नागरिक छन् भने केहि बाढीमा परेर हराइरहेका छन् ।

 

सुरक्षाकर्मीले हेलिकप्टरमार्फत बाढी र डुबान प्रभावित क्षेत्रमा उद्धारकाे काम गरिरहेका जनाउँदै बाढीका कारण पश्चिम जर्मनीका विद्यालयहरु बन्द भएकाे र कयौँ सडक खण्डमा पनि क्षति पुगेको बीबीसीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा आपत्कालीन अवस्था लागू गरिएको छ । प्रभावित क्षेत्रका सयौँ नागरिकहरु उद्धारको पर्खाइमा घरको छतमा बसेका छन् ।

 

पश्चिमी जर्मनीसँग जोडिएका अन्य देशमा पनि बाढीको असर परेको खबरमा उल्लेख छ। आज पनि जर्मनी, बेल्जियम, नेदरल्याण्ड्स लगायत युरोपका केही देशमा ठूलो पानी पर्ने चेतावनी दिइएको छ ।

 

अहिले पश्चिमी युरोपमा एक शताब्दीयताकै भीषण वर्षा भएको त्यहाँका मौसम विभागहरूले बताएका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो