१८ सय भन्दा धेरैमा काेराेना संक्रमणः२१ सय भन्दा धेरै निकाे भए,२१ जनाकाे ज्यान गयाे

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौं, २ साउन २०७८ ।

नेपालमा थप १८ सय भन्दा धेरैमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

पछिल्लो २४ घण्टामा १ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । देशभरीका प्रयाेगशालामा कुल १० हजार ६६ नमुना मध्ये ६ हजार ८ सय ५८ नमुनाकाे  पीसीआर परीक्षणमा १ हजार ३ सय १० र ३ हजार २ सय ८ नमुनाकाे एन्टिजेन परीक्षणमा ५ सय ६५ गरी कुल १ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या ७ लाख १४ हजार २ सय ४८ पुगेकाे छ ।

पछिल्लो २४ घण्टामा २१ सय भन्दा धेरै काेराेना संक्रमित निकाे भएका छन् । शनिबार २ हजार १ सय ६४ जना काेराेना संक्रमण निकाेभइ डिस्चार्ज भएका मन्त्रालयले जनाएकाे छ । याेसँगै काेराेना संक्रमण निकाे हुनेकाे कुलसंख्या ६ लाख ३० हजार ७ सय ४ पुगेकाे छ ।

 

यस्तै गत २४ घण्टामा २१ जनाको मृत्यु भएको छ । शनिबार मात्रै देशभर २१ जनाको मृत्यु भएकाे छ ।  याेसँगै मृतकको संख्या ९ हजार ५ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो