अर्जेवाका कृषकहरुलाई बिउ बिजन र औषधि वितरण

याे सामग्री सेअर गर्नुहाेस्

 

बिमल पौडेल
बागलुङ, २१ साउन २०७८ ।

बागलुङको जैमिनी नगरपालिका वडा नं ६ अर्जेवाले वडा भित्रका कृषकहरुलाई बिउ बिजन वितरण गरेको छ । वडा भित्रका ४ सय ८५ घरपरिवारका कृषकहरुलाई सिजन अनुसारको बिउ बिजन वितरण गरिएको हो ।

वडा कार्यालयबाट ५० हजार रुपैया बजेट विनियोजन गरी बिउ बिजन खरिद गरेर वितरण गरिएको वडाध्यक्ष कृष्ण बहादुर थापाले जानकारी दिनुभयो ।  वडाको तर्फबाट ५० हजार रकम बराबरको पशुचौपायको लागि आवश्यक औषधिहरु पनि खरिद गरिएको र किसानहरुलाई आवश्यकताको आधारमा वितरण गरिरहेको थापाले बताउनुभयो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो