आज साउनको अन्तिम सोमबारः पुजा विधि सहित शिवको दर्शन गर्दै राशिफल हेर्नुहोस्

याे सामग्री सेअर गर्नुहाेस्

आज साउनको अन्तिम सोमबार, वैदिक सनातन धर्मावलम्बीले साउनको सोमबार देवादिदेव महादेवको पूजा आराधनासहित गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् । साउन महिना र सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएको छ ।

साउनको सोमबार जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भइ इच्छा पूरा गरिदिने र पारिवारिक सुख शान्ति दिने भएकाले सनातन धर्मावलम्बीले विशेष महिनाका रुपमा मनाउने गरेका छन् । साउनको सबै सोमबार व्रत गर्नेले अन्तिम सोमबार बेलुकी वा मंगलबार बिहान विधिपूर्वक गोदान एवं पूर्ण पात्र गरी व्रत समापन गर्ने विधि छ ।

नयाँ व्रत सुरु गर्न पाँचवटा सोमबार परेको वर्षबाट सुरु गर्नुपर्छ भनी लोकमा गरिने व्यवहारमा शास्त्रीय मत नमिल्ने अध्यक्ष गौतमले बताए। शास्त्रीय मान्यताअनुसार चारवटा सोमबार परेको वर्षबाट पनि नयाँ व्रतालुले आराधना गर्न सक्छन् ।

साउने सोमबारको व्रत गरेमा यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त गरिने शिवपुराण लगायत धर्मग्रन्थमा उल्लेख गरिएको छ । साउने सोमबार र तिजको हरितालिका व्रत महिलाले मात्र गर्नुपर्ने भन्ने व्यवहारमा देखिए पनि शास्त्रीय मतानुसार महिला पुरुष दुवैले यो व्रत गर्नुपर्छ । प्रायः परिवारमा महिलाले सबैको प्रतिनिधित्व गरेर व्रत बस्ने गरेका हुन्छन् ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम शिवजीले चन्द्रमालाई शिरमा धारण गरेकाले सोमबारलाई शिवजीको बारका रुपमा मानी यस दिन आराधना गर्ने गरेको बताउनुभयाे । परम्परा अनुसार कुनै कुल विशेषले चन्द्रमासअनुसार श्रावण महिनामा व्रत गरे पनि कर्कट राशिमा सूर्य भएका सोमबार विशेषरुपमा शिवजीको आराधना गर्ने शास्त्रीय विधि रहेको उहाँकाे बिचार छ । यस वर्ष साउनमा ५ वटा साेमबार परेका छन् ।

तपाईंको आजको भाग्यफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)- आज आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको योजना र रोजगारको अवसर मिल्नेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)- गरेको कार्यमा वाधा आइपर्ला । व्यक्तिगत खुसीका लागि पनि केही खर्च हुनसक्छ । स्वास्थ्य एवं खानपानमा सजगता अपनाउनु होला ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)- मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ । दाम्पत्य जीवनमा आपसी माया एवं समझदारी कायम रहनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)- शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पढाइमा प्रगति हुनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)- विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । आकस्मिक उपहार प्राप्त हुनसक्छ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)- आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । कुनै कुराले अनुहारमा चमक र मनमा शान्ति मिल्नेछ । नजिकको मित्रसँग भेटघाट पनि हुनेछ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)- आज कामको धपेडी भएपनि सफलता मिल्नेछ । प्रणयसम्बन्ध र पारिवारिक सम्बन्ध राम्रो हुनेछ । कुनै कुराले मन प्रसन्न रहनेछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)- एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । कुनै कारणवश रोकिएको कामले पनि गति लिनेछ ।

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)- शैक्षिक एवं प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)- आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मिलनसार साथीले नै विश्वासघात गर्न सक्छन् ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,द)- धर्मकर्ममा तथा समाज सेवामा मन लाग्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)- आज लाभ, हानी, आय, व्यय, सुख, दुःख बराबरी खालको समय छ । सानातिना बाधा आइलागे पनि समस्या समाधान हुनेछ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो