यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको ज्यान गयाे, ४१ जना घाइते

याे सामग्री सेअर गर्नुहाेस्

सिन्धुपाल्चाेक, ९ भदाै २०७८ ।

सिन्धुपाल्चाेककाे ठोकर्पाबाट कालिका हुँदै काठमाण्डाै जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे छ । कोशीपारि यातायातको बा ३ ख ८०३० नम्बरको बस सुनकोसी ३ छापमा दुर्घटना भएको हो ।

दुर्घटनामा ४१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । बस ओरालो बाटोको मोडमा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस्नेतका अनुसार १८ जनाका सिन्धु सदाबहार अस्पताल सिन्धुपाल्चोकमा, एक जनाकाे मध्यपुरठिमी अस्पताल भक्तपुरमा र २२ जनाकाे धुलिखेल अस्पताल काभ्रेमा उपचार भइरहेको छ ।

धुलिखेल अस्पताल काभ्रेमा उपचारका क्रममा ज्यान गुमाउनेमा ललितपुर ठूलो दुर्लुङ घर भएका राजन बराम र एक जनाकाे सनाखत हुन बाँकी रहेको बस्नेतले जानकारी दिनुभयो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो