माधव नेपाल र महन्थ ठाकुरकाे पार्टीले पायाे मान्यता, दुवै पार्टी सरकारमा जाने संकेत

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डाै, १० भदाै २०७८ ।

माधव नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वकाे लाेकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयाेगमा दर्ता भएकाे छ । दुवै दललाई निर्वाचन आयाेगले बुधवार बेलुका दर्ता भएकाे प्रमाणपत्र दिएकाे हाे । याेसँगै दुवै दलले औपचारिक मान्यता पाएका छन् ।

सरकाले जारी गरेकाे राजनीतिक दलसम्बन्धी अध्यादेशमा रहेर माधव नेपाल र महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या पुर्‍याए दल विभाजन गर्न सकिने व्यवस्था छ ।

बुधवार नै निर्वाचन आयाेगले नेकपा एकीकृत समाजवादी र लाेकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि दिएकाे निवेदनमा नेताहरूलाई सनाखतका लागि बाेलाएकाे थियाे ।

नेकपा एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी गठनका लागि केन्द्रीय कमिटीका ५५ जनाले सनाखत गरेका थिए । यो कुल सदस्य सङ्ख्याको २७ प्रतिशत हो । तर माधव नेपाल पक्षले एक सांसद अपुग हुँदा सङ्घीय संसदमा २० प्रतिशत भने पुर्‍याउन सकेन । दल दर्ताका लागि एमालेको एक सय ५४ सदस्यीय संसदीय दलका ३० जनाले मात्र सनाखत गरे । याे कुल सङ्ख्याकाे १९ दशमलव ४८ प्रतिशत हाे ।

यस्तै राष्ट्रिय सभाका तीन र प्रतिनिधि सभाका ३४ गरी ३७ सांसदमध्ये १५ जनाले सनाखत गरेका छन् । यो कुल सदस्य सङ्ख्याकाे ४० प्रतिशत हाे । उज्यालाे अनलाइनबाट

नेकपा एकीकृत समाजवादीकाे दर्ता प्रमाणपत्र तस्विरः उज्यालाे अनलाइनबाट
लाेकतान्त्रिक समाजवादी पार्टीकाे दर्ता प्रमाणपत्र तस्विरः उज्यालाे अनलाइनबाट

याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो