बागलुङमा निषेधाज्ञा खुकुलाेः प्रशासनमा समयतालिका, बजारदेखि यातयातसम्म खाेल्न पाइने

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १० भदाै २०७८ । 

बागलुङमा निषेधाज्ञा खुकुलाे भएकाे छ । जिल्लामा काेराेना संक्रमणदर घट्दै गएपछि निषेधाज्ञा खुकुलाे बनाइएकाे हाे ।

बिहिबार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिएमसी) को बैठकले सर्त सहित निषेधाज्ञा खुकुलाे बनाउने निर्णय गरेकाे प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले जानकारी दिनुभयाे । निषेधाज्ञा खुकुलाे भएपनि काेराेनाकाे जाेखिम कायम नै रहेकाले सबै प्रकारका पसलहरू तथा व्यावसायहरू बिहान ७ देखि साँझ ६ बजेसम्म मात्र सञ्चालन गर्न दिइनेछ । अब सबै प्रकारका यातयातका साधनहरू स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गर्न पाइनेछ भने सभा सेमिनार सहितका भिडभाड हुने गतिविधिहरू माथि प्रतिबन्ध कायम  रहेकाे छ ।

यस्तै जिल्लामा रहेका जिल्ला प्रशासन कार्यलय, मालपाेत कार्यलय र नापी कार्यलयहरू पालिका अनुसार पालाे गरी कार्यसम्पादन हुनेछ ।

थप जानकारीका लागि सूचना हेर्नुहाेस् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो