जैमिनीका ९ वटा वडा कोरोना संक्रमित मुक्त, नगरभरी सक्रिय संक्रमित एकजना मात्र

याे सामग्री सेअर गर्नुहाेस्

 

सुजन प्रेमी
बागलुङ, १० भदौ २०७८ ।

बागलुङको जैमिनीका ९ वटा वडा कोरोना संक्रमित मुक्त भएको छ । १० वटा वडा रहेकाे जैमिनी नगरपालिकाको वडा नं १ कुश्मिसेरा बाहेक अन्य सबै वडा संक्रमितमुक्त भएको हो ।

पछिल्लो समय जैमिनी नगरपालिका वडा नं ४ सर्कुवाका १८ जना, वडा नं ५ विनामारका २० जना र वडा नं ६ अर्जेवाका ६ जना कोरोना संक्रमण मुक्त हुनेहरुको सूचिमा थपिएको जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो ।

नेपाल सरकारले तोके अनुसार संक्रमण भएको १० दिनपछि स्वतः संक्रमणमुक्त भएको मानिने प्रोटोकल अनुसार उनिहरु निको हुनेको सूचिमा परेका हुन् । उनिहरुलाई गत भदौ २ गते संक्रमण देखिएको थियो ।

कुश्मिसेरामा रहेका एकजना संक्रमित गत भदौ ४ गते गरिएको एन्टिजेन परिक्षणबाट पुष्टि भएका हुन् ।

जैमिनी नगरपालिकामा संक्रमण फैलिएपछि हालसम्म पनि निषेधाज्ञा जारी रहेको छ । यसअघि कायम भएको निषेधाज्ञा बिहिबार राति १२ बजे सकिँदैछ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो