नेपाली कांग्रेस जैमिनी नगर सभापतिमा युवा नेता पुरन श्रीसको दावी

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २६ भदौ २०७८ ।

नेपाली कांग्रेस जैमिनी नगर समिति सभापतिमा युवा नेता पुरन श्रीसले उम्मेदवारी दिने तयारी गर्नुभएको छ । वर्तमान नगर सचिव समेत रहनुभएका श्रीसले १४ औँ नगर अधिवेशनमा सभापतिको पदमा उम्मेदवारी दिन लाग्नुभएको हो ।

बागलुङको जैमिनी नगरपालिका १० राङ्खानीमा जन्मनुभएका श्रीसले राजनितिमा युवाहरुको आकर्षण र पुस्ता हस्तान्तरणका लागि आफूले नगर सभापतिमा दावी गर्न लागेको जानकारी दिनुभयो । “अग्रजहरुलाई सम्मान सहित युवाहरुलाई अवसरको लागि हामी अगाडि आएका छौँ” जिल्लाखबर डटकम सँग उहाँले भन्नुभयो “एक व्यक्तिले अनेक पद ओगट्ने तर काम प्रभावकारी नहुने दिएकाले एक व्यक्ति, एक पद, एक कार्यकाल भन्ने नारा लिएको छु, यसलाई प्रभावकारी कार्यन्वयनका लागि मलाई सबै जनताको साथ चाहिन्छ ।”

विशेषत गुटको राजनितिले समग्र पार्टी पंक्ति र विकासप्रेमी नेताहरुलाई प्रभावित पार्ने भएकाले यसलाई निरुत्साहित गर्नका लागि आफू लागि पर्ने भन्दै उहाँले सम्पूर्ण लोकतान्त्रिक मुल्य मान्यतामा विश्वास गर्ने नगरवासीहरुको लागि नगर सभापतिमा उम्मेदवारी दिन लागेको बताउनुभयो ।

२०६८ सालदेखि राजनितिमा सक्रिय श्रीस २०६८ सालदेखि २०७१ सालसम्म नेपाल विद्यार्थी संघ थापाथली क्याम्पसको इकार्ई उपाध्यक्ष, नेपाल विद्यार्थी संघ ११ औँ महाधिवेशन प्रतिनिधि, २०७३ सालदेखि २०७५ सालसम्म नेपाल मगर विद्यार्थी संघको केन्द्रिय सदस्य तथा प्रविधिक विभाग प्रमुख, २०७४ सालदेखि २०७६ सालसम्म नेपाल तरुण दल जैमिनी नगर सचिव रहनुभएको थियो । श्रीस २०७६ सालदेखि हालसम्म नेपाली कांग्रेस जेमिनी नगर सचिव र नेपाल राष्ट्रिय मगर संघ बागलुङ जिल्ला उपाध्यक्ष हुनुहुन्छ ।

नेपाली कांग्रेस जैमिनी नगर सभापतिको लागि श्रीस सँगै अर्का युवा नेता विष्णु प्रसाद पौडेल, वर्तमान नगर सभापति काशिराम आचार्य र जैमिनी नगरपालिका वडा नं २ का वडा सदस्य समेत रहनुभएका प्रेम सापकोटाको दावी रहने चर्चा चलेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो