स्टील उद्याेगमा फलाम गलाउने क्रममा भट्टी पड्किँदा ५ मजदुरकाे ज्यान गयाे

याे सामग्री सेअर गर्नुहाेस्

पर्सा, २६ भदाै २०७८ ।

वीरगञ्जको सर्वोत्तम स्टील उद्याेगमा फलाम गलाउने क्रममा भट्टी पड्किएर घाइते भएकामध्ये पाँच मजदुरको ज्यान गएको छ । यही भदौ १० गते उद्योगमा फलाम गलाउने क्रममा भट्टी पड्किँदा १५ मजदुर घाइते भएका थिए ।

तीमध्ये गम्भीर घाइते भएका ६ जना मजदुरलाई उपचारका लागि विहारको पटनामा रहेकाे अपोलो अस्पतालमा लगिएको थियो । उपचारका क्रममा पाँच जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार ज्यान गुमाउनेमा भारतको विहारका ५२ वर्षीय विनोद पाण्डे, २७ वर्षीय गगन नायक, उत्तर प्रदेशका ३२ वर्षीय धिरु सहनी, लखनऊका ३७ वर्षीय मानस परिदा र ३० वर्षीय रामकुमार यादव रहेका छन् ।

उपचारकै क्रममा यही भदौ १६ गते तीन जना र भदौ १८ गते २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्य घाइतेहरुको वीरगञ्जको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो