चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई जैमिनी नगरपालिकाको राहत

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ६ असोज २०७८ ।

चट्याङ परेर मृत्यु भएकाको परिवारलाई जैमिनी नगरपालिकाले राहत दिएको छ । सोमबार चट्याङ लागेर मृत्यु भएका जैमिनी नगरपालिका ७ जैदीका मुम बहादुर सार्कीको परिवारलाई किरिया खर्च बापतको रकम हस्तान्तरण गरिएको हो ।

नगरपालिकाका कोहि नागरिकको विपत्तिमा परेर निधन भएमा किरिया खर्च स्वरुप २५ हजार परिवारलार्ई दिने गरिएकोमा मंगलबार मृतक सार्कीको परिवारलाई राहत स्वरुप नगद हस्तान्तरण गरिएको जैमिनी नगरपालिकाले जनाएको छ ।

सोमबार साँझ साँढे ६ बजे जैमिनी नगरपालिका ७ जैदीको बझिनीमा चट्याङ पर्दा ६० बर्षीय मुम बहादुर सार्कीको ज्यान गएको थियो ।

घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली र ५७ वर्षीय लालबहादुर नेपाली हुनुहुन्छ । घटनामा एउटा भैँसीसमेत मरेको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो