जैमिनीमा एकीकृत शैक्षिक व्यबस्थापन सूचना प्रणाली अद्यावधिक अभिमूखिकरण सम्पन्न

याे सामग्री सेअर गर्नुहाेस्

बिमल पौडेल
बागलुङ, ६ असोज २०७८ ।

जैमिनीमा एकीकृत शैक्षिक व्यबस्थापन सूचना प्रणाली अद्यावधिक अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । जैमिनी नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले नगरपालिका भित्रका सम्पुर्ण सामुदायिक विद्यालयका शिक्षकहरुको लागि विद्यालय स्तरको एकीकृत शैक्षिक व्यबस्थापन सूचना प्रणाली (ईमिस) अद्यावधिक अभिमूखिकरण कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।

जैमिनी नगरपालिकाका ८१ वटा सामुदायिक विद्यालयका ईमिस फोकल पर्सनका लागि कोभिड १९ लाई मध्यनजर गरी विभिन्न तीन चरणमा अभिमूखिकरणको आयोजना गरिएको जैमिनी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका संयोजक खेम प्रसाद आचार्यले जानकारी दिनुभयो ।

कार्यक्रममा आचार्यले ईमिसको बारेमा जानकारी गराउदै शिक्षकहरु प्रविधिमा दक्ष बन्न तयार हुनुपर्ने धारणा राख्नुभयो । तालिममा सिकेका कुरा व्यवहारमा उतार्न सकेमा मात्र यसले सार्थकता पाउने भन्दै उहाँले नगरपालिका भित्रका एउटा विद्यालयको कम्तिमा एकजना शिक्षक प्रविधिमा दक्ष पारेर ईमिस लगायतका अन्य सूचना प्रविधिका कार्य आफै गर्न सक्ने बनाउनु नगरपालिकाको उद्देश्य रहेको बताउनुभयो ।

समापन समारोहमा बोल्दै जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोईरालाले यस्ता तालिमले शिक्षकलाई रिफ्रेस हुने अवसर प्रदान गर्ने भएकाले तालिममा सिकेका कुरा व्यवहारमा उतार्नु पर्नेमा जोड दिनुभयो । शिक्षकहरु प्रविधिमा पनि दक्ष हुनुपर्ने भन्दै उहाँले प्राविधिक कुरामा शिक्षकहरुले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्ययक्रमा सहभागीको तर्फबाट शिक्षक गोविन्द पौडेलले तालिम धेरै उपयोगी भएकाले यस्ता खाले तालिमहरु समय समयमा सञ्चालन हुनुपर्ने माग राख्नुभएको छ ।

तिन चरणमा सञ्चालित कार्यक्रमको जैमिनी नगरपालिकाका ई एम आई एस अपरेटर तारा प्रसाद पौडेल र शिक्षा उप सचिव आचार्यले सहजिकरण गर्नुभएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो