एकैदिन नौ सयले बढ्यो सुनको मूल्य, यस्ताे छ पछिल्लाे दररेट

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौं, ६ असोज २०७८ ।

नेपाली बजारमा आज सुनको मूल्य रु. नौ सयले बढेको छ । छापावाल सुन मङ्गलबार रु. ८९ हजार दुई सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य रु. ९० हजार एक सय तोकिएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ८९ हजार ६५० कायम गरिएको छ । तेजाबी सुन मङ्गलबार प्रतितोला रु. ८८ हजार ७५० मा कारोबार भएको थियो । महासङ्घका अनुसार चाँदीको मूल्य मङ्गलबारका तुलनामा आज प्रतितोला रु. २५ ले बढेको छ ।

चाँदी मङ्गलबार प्रतितोला रु. एक हजार १४० मा कारोबार भएको थियो । चाँदीको मूल्य आज प्रतितोला रु. एक हजार १६५ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७७ दशमलव ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ जुन समयसमय परिवर्तन भइरहन्छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो