चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई सुनौलो बागलुङ संस्थाको आर्थिक सहयोग

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ८ असोज २०७८ ।

सुनौलो बागलुङ संस्थाले चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग गरेको छ । संस्थाले चट्याङ लागेर मृत्यु भएका बागलुङको जैमिनी नगरपालिका ७ जैदी बझेनीका मुम बहादुर सार्कीको परिवारलाई आर्थिक सहयोग गरेको हो ।

बिहिबार संस्थाको तर्फबाट मृतककी श्रीमती जमुना नेपालीलाई २० हजार रुपैयाँ सहयोग गरिएको संस्थाका उपाध्यक्ष दिलिप प्रतेलले जानकारी दिनुभयो । सुनौलो बागलुङ संस्थाको वैदेशिक विभागका कोषाध्यक्ष एवम् समाजसेवी चित्र श्रीसको नेतृत्वमा संकलित रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको उहाँको भनाई छ ।

असोज ४ गते साँझ साँढे ६ बजेतिर चट्याङ पर्दा ६७ बर्षीय सार्कीको ज्यान गएको थियो भने घटनामा अन्य तीन जना घाइते भएका थिए । घाइते हुनेमा स्थानीय ६० बर्षीय सहविरे नेपाली, १८ बर्षीय बिपना नेपाली र ५७ बर्षीय लालबहादुर नेपाली हुनुहुन्छ । घटनामा एउटा भैँसी समेत मरेको थियो भने सार्कीको घरमा पनि क्षति भएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो