जैमिनीमा नेकपा एमालेको नगर स्तरीय भेला सम्पन्न, एमाले एकढिक्का हुन्छः अध्यक्ष सापकोटा

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी
बागलुङ, ८ असोज २०७८ ।

नेकपा एमालेको जैमिनी नगर स्तरीय भेला सम्पन्न भएको छ । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी एमालेको जैमिनी नगर स्तरीय भेला कुश्मिसेरामा सम्पन्न भएको हो ।

बागलुङ जिल्ला कमिटि अध्यक्ष ईन्द्रलाल सापकोटाको विशेष उपस्थितिमा भएको भेलामा सापकोटाले अब राजनितिको पद्धति फेरिनुपर्ने बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले एमाले पार्टी अबको निर्वाचनमा जिल्लाकै पहिलो पार्टी बन्ने दावी गर्नुभयो । गण्डकी प्रदेशका सांसद समेत रहनुभएका सापकोटाले पार्टीमा फरक मत भएपनि एमालेलाई आफुले कहिलै धोका नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेकपा एमालेमा विवाद हुँदा सापकोटा माधव नेपाल पक्षधर हुनुहुन्थ्यो । अहिले माधव नेपालले अर्को पार्टी बनाएपछि उहाँ नेकपा एमालेमा नै हुनुहुन्छ । आफु पार्टी फुटको पक्षमा नभएको भन्दै उहाँले ठुला नेताहरुले गलत गरे खबरदारी गरेर पार्टी बचाउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद तथा नेकपा एमालेका जैमिनी संयोजक सावित्रा राणाले एमालेको प्रभाव युवापुस्ताहरुमा बढी भएको बताउनुभएको छ । एमाले पार्टी साँच्चै नै राम्रो भएकाले अहिले पार्टीमा आकर्षण बढेको उहाँको भनाई छ ।

जैमिनीमा फुटको असर नदेखिएको भन्दै रानाले समग्र गण्डकी प्रदेशमा नै एमाले एकढिक्का भएको बताउनुभयो । उहाँले नेकपा एमाले फुटाउन केहि तत्व लागी परेपनि एमाले फुटेको नभई केहि व्यक्तिहरु बाहिरिएको विचार राख्नुभयो ।

कार्यक्रममा सम्बोधन गर्ने अधिकांश वक्ताहरुले माधव नेपाल प्रति कटाक्ष गर्दै चोइटिएको टुक्राको संज्ञा दिएका थिए । नगर स्तरीय भेलामा अनेरास्ववियु केन्द्रिय कमिटि सदस्य शिव शर्मा, जिल्ला कमिटि सचिवालय सदस्य रुद्र आचार्य, जिल्ला कमिटि बागलुङका उपाध्यक्ष कृष्ण पाठक, गण्डकी प्रदेश कमिटि सदस्य लिला राना, गण्डकी प्रदेश कमिटि सचिवालय सदस्य जनकराज पौडेल लगाएतले बोल्नुभएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो