नेपाली कांग्रेस बेलकोटगढी नगर सभापतिमा लेखनाथ मुडवरी विजयी, नगरमा प्यानल कै जित

याे सामग्री सेअर गर्नुहाेस्

नुवाकोट, १० असोज २०७८ ।

नेपाली कांग्रेस बेलकोटगढी नगर सभापतिमा लेखनाथ मुडवरी विजयी हुनुभएको छ । अर्का प्रतिस्पर्धी कृष्ण प्रसाद पाण्डेलाई पछि पार्दै मुडवरी नुवाकाेटकाे बेलकोटगढी नगरपालिकाको सभापतिमा विजयी हुनुभएको हो ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यक्रम अन्तरगत शनिबार भएको नगर अधिवेशनमा मुडवरी नेतृत्वको प्यानल नै विजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ । नगर उपसभापतिमा दुर्गाप्रसाद पुडासैनी र दुर्लभबहादुर तामाङ, सचिवमा प्रेम प्रसाद लामिछाने र हर्कबहादुर तामाङ र सहसचिवमा अर्जुन प्रसाद दाहाल र राजुमान लामा विजयी हुनुभएको छ ।

मुडवरी अर्जुन नरसिंह केसी प्यानलबाट उठ्नुभएको थियो भने कांग्रेस सहमहामन्त्री डा प्रकाशरण महतको समर्थनमा पाण्डेले उम्मेदवारी दर्ता गराउनुभएको थियो । जिल्लामा अहिले केसी, बहादुरसिंह लामा तथा महत प्यानल बनेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो