जैमिनीमा नगर स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम हुने, सूचना हेर्नुहोस्

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी
बागलुङ, १२ असोज २०७८ ।

जैमिनी नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम हुने भएको छ । असोज १४ गते बिहिबारको दिन जैमिनीमा पालिका स्तरीय सार्वजनिक सुनुवाई हुन लागेको हो ।

जैमिनी नगरपालिकाबाट आर्थिक बर्ष २०७७।७८ मा भएका काम कारवाहीहरु र वडा तहमा भएका सार्वजनिक सेवा प्रवाहको सन्दर्भमा जनताको गुनासो सुन्ने र जवाफदेहिता सहित सवाल जवाफ गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले जानकारी दिनुभयो ।

May be an image of text that says 'जैमिनी नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुश्मसेरा, वागलड प.स.: ०७८ ०७९ च.न.: फोनन:- ०६६४२1૧००,०६६४२११૦१ वेवसाइड: jaiminimun.g .gov.np इमेल: jaiminimun@gmail.com गण्डकी प्रदेश, नेपाल सार्वजनिक सुनुवाई सम्बन्धी सूचना मिति २०७८।०६।०८ यस पालिकाबाट आर्थिक बर्ष २०७७।७८ मा भएका गतिविधि वडा तहमा भएका सार्वजनिक सेवा प्रवाहका सन्दर्भमा तपशिल मिति, समय स्थानमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएकाले राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, बुद्धिजिवि, नगरपालिकाकको सेवाप्रवाहमा सरोकार राख्ले व्यक्तिहर, सरोकारवाला महानुभावहरु तथा नगरवासी महानुभावहरुलाई उपस्थितिको लागि अनुरोधछ तपशिल मिति: २०७८ साल असोज १४गते| समय: बिहान ११ बजे। स्थान: जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजार| अधिकृत परशासलीय निमित्त प्रमुख 'नतिजामुखीप्रशासन: प्रशासन: समृद्धि सुशासन"'

बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रम जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजारमा आयोजना गरिएको छ । कार्यक्रममा नगरपालिकाको सेवा प्रवाह, योजनामा भएका गतिविधि सहित जनप्रतिनिधि र कर्मचारीहरुको सेवा तथा काम कारवाहीबारे नगरवासीहरुले प्रश्न गर्न पाउनेछन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो