दोबिल्ला–फलेवास सडक खण्ड बन्द, दक्षिणी क्षेत्रतर्फ जाने यात्रुलाई सास्ती

याे सामग्री सेअर गर्नुहाेस्

पर्वत, १२ असाेज २०७८ ।

पर्वतकाे दोबिल्ला–फलेवास सडक खण्ड बन्द भएकाे छ । दोबिल्ला–फलेवास सडक खण्डअन्तर्गत घोइनाउलामा ढलान गर्नका लागि आइतवारदेखि गाडी आवतजावतमा राेक लगाइएकाे हाे ।

गाडीकाे आवागमन रोकिँदा देशका विभिन्न ठाउँबाट फलेवास हुँदै दक्षिणी क्षेत्रतर्फ जाने यातायातलाई समस्या भएको छ ।

वैकल्पिक सडकका रूपमा रहेको मुडिकुवा मोदीबेनी कुश्मा सडक पहिराेले बन्द भएकाे र अन्य कुनै वैकल्पिक सडक नहुँदा फलेवास हुँदै कुश्मा, पोखरा, काठमाण्डौ, चितवनलगायत ठाउँमा जाने आउने गाडी चल्न सकेका छैनन् । त्यस्तै दूध तथा तरकारी ढुवानीमा समेत समस्या भएको कृषकको गुनासो छ ।

कुश्मासम्म आउने जीपले यात्रुलाई सिर्सुवाको पुलमा ल्याएर छाड्ने र गाउँतर्फ जाने यात्रु त्यहीँबाट जीप चढाएर गाउँसम्म जाने गरेका छन् । मुडिकुवाबाट पुलसम्म आउने सडक साँघुरो हुँदा जीप, भ्यानबाहेक ठूला सवारी साधन गुड्न सक्दैनन् ।

वैकल्पिक सडक नहुँदा बिरामीलाई अस्पतालसम्म लैजान समस्या भएको कुर्घाका सुनिल शर्माले गुनासो गर्नुभयो । फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाले वैकल्पिक सडकका रूपमा साइकलचोक–तातोपानी–रुग्दी–चुरी–चितिपानी हुँदै फलेवास जाने सडकलाई प्रयोग गर्न भनिएको बताउनुभयो ।

याे सडक निकै घुमाउँरो भएकाले प्रभावकारी नदेखिएको गाडी चालकले बताएका छन् । घोइनाउलाको सडकको ढलान गर्न असोज १६ गतेसम्म गाडी आवागमनमा रोक लगाइएको हो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो